रक्तदानको तयारीमा रेडियो अन्नपूर्ण

समाधान संवाददाता २०७८ फागुन २८ गते ९:५५

पोखरा ।
रेडियो अन्नपूर्णले आउँदो चैत १९ गते रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत यस वर्ष पनि चैतको तेस्रो शनिबार रक्तदान म पनि गर्छु भन्ने मुल नाराका साथ २० औं बृहत खुला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको स्टेसन म्यानेजर सञ्जयकुमार मल्लले जानकारी दिए ।


कार्यक्रमलाई सफल बनाउन विभिन्न समितिसमेत गठन गरिएको छ । बुधबार बसेको बैठकले सरिता तिमिल्सिना पंगेनीलाई संयोेजक र कृष्ण सुवेदीलाई सहसंयोजकको जिम्मेवारी दिएको छ ।


त्यस्तै, सविन रेग्मी र नारायण क्षेत्रीलाई प्रचारप्रसार संयोजकको जिम्मेवारी दिइएको छ । प्रमाणपत्र वितरण तथा रेकर्डमा अगन्धर सुवेदी, संघ, संस्था परिचालनमा माधव बराल, जलपान व्यवस्थापनमा शोभा नेपाललाई जिम्मेवारी दिइएको छ ।

Advertisement


प्राविधिकमा रमेश तिमिल्सिना, स्वयंसेवक परिचालनमा कञ्चन थापा, राजाराम पौडेल र आशीष पुरी, प्रमाणपत्र छपाइ तथा अन्य कार्यका लागि मार्केटिङ शाखालाई जिम्मेवारी दिइएको स्टेसन म्यानेजर मल्लले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया