भदौरेमा जैविक विविधता सूचना केन्द्र

समाधान संवाददाता २०७८ फागुन २८ गते ९:५७

पोखरा ।
अन्नपूर्ण गाउँपालिका वडा नं ४ को भदौरे देउरालीमा पञ्चासे जैविक विविधता सूचना तथा कृषि उपज संकलन केन्द्र स्थापना भएको छ । केन्द्रको भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाबाट शुक्रबार उद्घाटन गरे ।
सूचना केन्द्रको निर्माण कृषि विकास निर्देशनालय, गण्डकी प्रदेश, पञ्चधाम कृषि विकास सहकारी, जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड), माछापुच्छ«े विकास संघ तथा अन्नपूर्ण गाउँपालिकाको संयुक्त पहलमा गरिएको हो ।


केन्द्रको प्रमुख उद्देश्य धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं जैविक विविधताले महत्वपूर्ण पञ्चासे क्षेत्रमा आउने पर्यटकलाई जानकारी सहजरुपमा उपलब्ध गराउनु हो । केन्द्रमार्फत प्राकृतिक पाठशाला तथा पञ्चासे क्षेत्रमा पदयात्रा गर्न आउने पर्यटनहरुको भ्रमण गन्तव्यका रुपमा विकास गर्दै भदौरे, देउराली तथा तालिब्राङमा सञ्चालन गरिएका घरबास कार्यक्रमको प्रवद्र्धन गरी स्थानीय बासिन्दाहरुको जीविकोपार्जन सुधारमा समेत टेवा पुग्ने आशा गरिएको छ ।


सूचना केन्द्रमा, पञ्चासे जलाधार क्षेत्रमा पाइने १४३ जातका सुनाखरी, ७६ स्थानीय कृषिका रैथाने जातहरु, कृषि कार्यमा प्रयोग गरिने विभिन्न प्रविधिहरुको विषयमा जानकारी राखिएको छ ।भदौरे देउरालीदेखि पञ्चासे टाकुरासम्मको पदमार्गमा अवलोकन गर्न सकिने ४३ प्रजातिका सुनाखरीहरुबारे जानकारी प्रदान गर्ने ट्यागहरुसमेत राखिएको छ ।

Advertisement


समुदायको सांस्कृतिक परिचय झल्किने विभिन्न सामाग्रीहरु समेत संकलन केन्द्रमा रहका छन् । पर्र्यटकहरुलाई जानकारी प्रदान गर्ने हेतुले त्यस क्षेत्रको जैविक विविधता, सांस्कृतिक पक्ष, धार्मिक पक्ष समावेश भएको वृत्तचित्र समेत सूचना तथा संकलन केन्द्रमा उपलब्ध हुनेछ ।


मन्त्री चन्द्रबहादुर बुढालेसूचना केन्द्रको स्थापनाले यस क्षेत्रको पर्यटन पवद्र्धनमा थप सहयोग पु¥याउने सम्भावना देखाए । सूचना केन्द्र स्थापनाको उद्देश्य ली–बर्डका वरिष्ठ कार्यक्रम अधिकृत तेजश्वी सिवाकोटीले प्रकाशपारिन् । ली–बर्डका कार्यकारी निर्देशक डा. बलराम थापाले जैविक विविधताको संरक्षणको अलावा यसको उपयोगका लागि प्रदेशले अनुसन्धानमा लगानी गर्न आवश्यक भएको औंल्याए ।

Advertisement


कार्यक्रममा माछापुच्छ«े विकास संघका अध्यक्ष, रामकाजी गुरुङ, अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष सगुन गुरुङ, कृषि विकास निर्देशनालयका निर्देशक बासुदेव रेग्मी, गण्डकी विश्वविद्यालयका उपकुलपती प्रा डा. नवराज देवकोटा, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. हरिबहादुर केसी, वन, वातावरण तथा भू संरक्षण मन्त्रालयका सचिव बद्रीप्रसाद ढुंगानाले मन्तव्य राखेका थिए ।


मन्त्री बुढाले समुदायका युवाहरुलाई गाउँमा रहने वातावरण मिलाउँदै खाली जमिनलाई पुन हराभरा बनाउनलाई स्थानीय सरकार, प्रदेश तथा संघ सरकारले संयुक्त पहल गर्न बताए । यस्ता महत्वपूर्ण जैविकविविधताको सूचनाको व्यवस्थापनले कृषि पर्यटन प्रवद्र्धनमाटेवा पुग्ने हुँदा प्रदेश सरकारले सम्भव भएसम्म सहयोग गर्ने सुनाए । कार्यक्रममा पञ्चधाम कृषि विकास सहकरीका अध्यक्ष खिमकुमरी गुरुङले सभापतित्व गरेकी थिइन्। कार्यक्रमको सञ्चालन सहकारी सदस्य नवराज पौडेलले गरेका थिए ।

तपाईको प्रतिक्रिया