तेक्वान्दोमा कास्की प्रथम

समाधान संवाददाता २०७८ फागुन २८ गते ९:५८

पोखरा ।
गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता ११ गोल्ड मेडलसहित कास्की जिल्ला प्रथम भएको छ । ४ गोल्ड मेडलसहित म्याग्दी दोस्रो र ४ गोल्ड मेडलसहित पर्वत तेस्रो बने ।


कास्कीले थप ११ सिल्भर र म्याग्दीले ५ र पर्वतले ३ मेडल पाएका छन् । पुरुष र महिला तर्फका २६ खेलमा १ सय १३ जना खेलाडी रहभागी थिए । तीमध्ये गोल्ड मेडल जित्ने २५ जना खेलाडी राष्ट्रिय खेलका लागि छनोटमा परेका छन् । छनोटमा पर्नेमा कास्कीका सिनियर पुरुष ५४ केजी समूहतर्फ मन्दीप सुनार, ५८ केजीमा पर्वतका सुरज कँडेल र ६३ केजीमा पर्वतकै प्रकाश माझी छन् । ६८ केजीमा कास्कीका हेमन गुरुङ, ७४ केजीमा म्याग्दीका कृपेस शर्मा, ८० केजीमा कास्की सकील लामगादे, ८७ केजीमा निरज नेपाली र ८७ केजीमै पर्वतका सुजन रोक्का छनोट भएका छन् ।


पुरुष जुनियरतर्फ ४८ केजी समूहमा म्याग्दीका दिपेस पुर्जा,५५केजी समूहमा कास्कीका सुजन गुरुङ, ६३ केजी समूहमा तनहुँका राजन परियार छन् । नवलपुरका मनिष महततो र सुरेश जेडिमगर ७८ केजी समूहमा विजयी भएका छन् ।
महिला सिनियरतर्फ ४६ केजी समूहमा म्याग्दीका इशा गर्बुजा, ४९ केजीमा कास्कीका सरिता बयलकोटी, ५३ केजी समूहमा मनालिसा मल्ल, ५७ केजीमा अञ्जना परियार, ६२ केजी समूहमा पार्वती श्रेष्ठ, ६७ केजी समूहमा पर्वतका स्मृति नेपाली र ७३ केजीमा म्याग्दीकी ममता गर्बुजा छन् ।

Advertisement


महिला जुनियरतर्फको ४४ केजीमुुनि गोरखाकी आकृति श्रेष्ठ, ४९ केजीमा कास्कीकै अनिषा परियार र सदीक्षा सुनार ६३ केजीमा छनोट भएका छन् । बागलुङका बुद्ध गुरुङ ५५ केजी र ६८ केजीमा ग्रिन गुरुङ छानिएका छन् ।


विजयी खेलाडीलाई युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले ट्रफी वितरण गरे । उनले खेलकुदको संस्थागत विकासका लागि मन्त्रालय खेलाडीसँग रहेको बताए ।

Advertisement


खेलकुद मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीले व्यवसायिक खेलाडी उत्पादन गर्नुपर्नेमा जोड दिए । संस्थाका अध्यक्ष जगनबहादुर गुरुङले बासिलोना लोलम्पियन १९९२लाई संस्थाको तर्फ बाट सम्मान गरे ।

तपाईको प्रतिक्रिया