मेजर तुलसीको जीवन पुस्तकमा

समाधान संवाददाता २०७८ फागुन २८ गते ९:५९

पोखरा ।
पोखरा रोयल बचत तथाऋण सहकारीका संस्थापकअध्यक्ष मेजर तुलसीप्रसाद गुरुङको जीवनीमाआधारित पुस्तकसार्वजनिकभएको छ । शनिबारकंग्युर त्रिपिटकग्रन्थपाठतथाअग्निहोम झिन्सेग पूजा समापनको अवसरमापुस्तकविमोचन गरिएको हो ।


बौद्ध आचार्य खेम्पो शिर लामा, मेजर तुलसी र उनकी पत्नी शान्तिले संयुक्त रुपमा कृति सार्वजनिक गरे । पुस्तकमा १ सय १२ पृष्ठ छन् ।


२७वर्ष भारतीय सेनामाबिताएका गुरुङ पेन्सनपछि राजनीति, समाजसेवा, शैक्षिक क्षेत्र, सहकारी र धार्मिक क्षेत्रको विकास एवं प्रवद्र्धनमा सक्रिय छन् । गुरुङको बाल्यकालदेखि ८३ वर्षसम्म उनले गरेका असलकर्मलाई पुस्तकको रुपमापाठकमा सार्वजनिकगरिएको पुस्तकका लेखक तथापोखरा रोयल बचत तथाऋण सहकारीका प्रमुखकार्यकारी अधिकृत भीम गुरुङले जानकारी दिए ।

Advertisement


तुलसीले१९ वर्ष पोखरा रोयल सहकारी संस्थाको अध्यक्ष, ५ वर्ष मिजुरेडाँडा गाविसअध्यक्ष, ८ वर्ष अमरसिंह माविका विद्यालयव्यवस्थापन समिति अध्यक्ष, ८ वर्ष नेपाल भूपू सैनिक संघको केन्द्रीयउपाध्यक्ष, १३ वर्ष अन्नपूर्ण टोल समाजपोखराअध्यक्ष, करिब ११ वर्ष पाखुरीकोट गुरुङ समाज अध्यक्ष, १८ वर्षदेखि लमचुँप्रतिष्ठानका क्षेत्रीयअध्यक्ष संहालेका थिए । पछिल्लो १ वर्षदेखि उनी रोयल फाउन्डेसनको अध्यक्ष छन् ।


शालिन, मृदुभाषी, मिलनसार, इमान्दार तुलसीको पुस्तकबाट राजनीतिज्ञ, समाजसेवी, शिक्षासेवी, सहकारी क्षेत्रका अभियन्ता र विद्यार्थीले धेरै खाले मार्गदर्शन लिन सक्ने खेम्पो गुरु शीर लामाले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया