ड्राइभिङ स्कुल संघमा विष्णु

समाधान संवाददाता २०७८ फागुन २८ गते १०:०२

पोखरा ।
बागलुङ, पर्वत र म्याग्दीका ड्राइभिङ स्कुलहरु संगठित भएका छन् । शुक्रबार आयोजित बागलुङ, पर्वत र म्याग्दीका ड्राइभिङ स्कुल सञ्चालकहरुको संयुक्त भेलाले विष्णुराज पन्तको संयोजकत्वमा नयाँ समिति गठन गरेको छ ।


समितिको सहसंयोजकमा सहसंयोजक बल बहादुर पाठक, सचिव प्रशान्त थापा र कोषाध्यक्षमा दीपक खतीवाल छन् । यस्तै, सदस्यमा रामबहादुर खत्री, विनोद विक, आरसी पौडेल र नारायण थापा छन् । बाँकी २ सदस्यपछि मनोनित गरिनेछ ।
देश संघीयतामा गएपछि देशैभर ड्राइभिङ स्कुल संघ नेपालले नयाँ संरचनामा संस्थालाई लैजाँदै छ । संघका केन्द्रीय महासचिव उमेश सिकेले नयाँ मापदण्ड, ऐन र नागरिकको अपेक्षा बमोजिम ड्राइभिङ स्कुल व्यवसाय परिवर्तन भइरहेको बताए । उनले यो सेवामूलक व्यवसाय संयुक्त रुपमा सञ्चालन गर्नु जरुरी भएको उनले औंल्याए ।


ड्राइभिङ स्कुल संघ गण्डकी अध्यक्ष वसन्त भट्टचनले गण्डकी प्रदेशमा सबै जिल्लाका ड्राइभिङ स्कुल व्यवसायीलाई संगठित गरिने बनाए । उनले भने, ‘मनाङ र मुस्ताङबाहेक अरु ९ जिल्लामा रहेका व्यवसायीलाई संगठित गर्दै छौं । चैत महिनाभित्रै सबै जिल्लामा संघ बनिसक्छ ।’

Advertisement

तपाईको प्रतिक्रिया