महिला हिंसाबारे सचेतना

समाधान संवाददाता २०७८ फागुन २८ गते १०:०३

पोखरा ।
मानव अधिकारका लागि महिला एकल महिला समूह कास्कीले बुधबार महिला हिंसाबारे सचेतना आयोजना ग¥यो । कास्कीको अन्नपूर्ण गाउँपालिकाको सहकार्यमा भएको कार्यक्रममा महिलाहरु सक्षम बन्दै आफ्नो हक माग्नुपर्नेमा जोड दिइयो ।


अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवरले महिला बिना घर, परिवार सम्भवन नहुने उल्लेख गर्दै आफ्नै परिवारका सदस्यलाई अधिकार, अवसर दिन कन्जुस्याइँ गर्न नहुने उल्लेख गरे । गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले आफ्नो कर्तव्य पूरा गरी अधिकार खोज्न खुट्टा कमाउनु नहुनेमा जोड दिइन् ।


कार्यक्रममा मानव अधिकारका लागि महिला एकल महिला समूह कास्की अध्यक्ष जुना केसीले अन्तर्राष्ट्रिय महिला दिवसको औचित्य, महिला हिंसाका कारण, प्रकार आदिबारे प्रकाश पारिन् । घर, समाज र देश चलाउन महिलाले क्षमता वृद्धि गर्दै समान हक माग्नुपर्नेमा उनले जोड दिइन् ।

Advertisement


कार्यक्रममा वडा सदस्य भगवती भण्डारी, नौली सुनार, मानव अधिकारका लागि महिला एकल महिला समूह कास्की सचिव विष्णु श्रेष्ठ र सदस्य शुशीला तिवारीले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया