शिक्षाको लगानी खेर जाँदैनः थापा

समाधान संवाददाता २०७८ फागुन २८ गते १०:०६

लेखनाथ ।
गण्डकी प्रदेशका कानुन मन्त्री विन्दुकुमार थापाले शिक्षाको क्षेत्रमा गरेको लगानी कहिल्यै खेर नजाने बताएका छन् । पोखरा २९ को भण्डारढिकमा रहेको जनप्रकाश बहुमुखी क्याम्पसको शुक्रबार आयोजित १७ औं वार्षिक साधारण सभा तथा छैटौ अधिवेशनमा उनले यस्तो उल्लेख गरेका हुन् ।


मन्त्री थापाले शिक्षा क्षेत्रमा लगाएको पैसालाई खर्च नसम्झी लगानीको रुपमा लिनुपर्नेमा जोड दिए ।गण्डकी प्रदेशलाई शैक्षिक क्षेत्रका अब्बल बनाउनका लागि विभिन्न प्रयत्न भइरहेको उनले उल्लेख गरे । नेपाल पब्लिक क्याम्पस संघको तर्फबाट विरन्जी गौतमले विश्वविद्यालय स्थापना गर्दा सामुदायिक क्याम्पसलाई समेटेर लैजानुपर्ने सुझाव दिए ।


क्याम्पस व्यवस्थापन समितिका पूर्व अध्यक्ष केशर निर्दाेषीले उत्पादन गरेका विद्यार्थीको प्रमाणपत्र विदेश जाने लाइसेन्समात्र बन्न नहुनेमा जोड दिए ।

Advertisement


क्याम्पस सञ्चालन समिति अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय,नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य बावुराम गिरी,पोखरा २९ का वडाध्यक्ष चेतवहादुर गुरुङ, पूर्व विद्यार्थी वीरेन्द्र न्यौपाने,जनप्रकाश मावि व्यवस्थापन समिति अध्यक्ष बाबुराम सुवेदी र विद्यार्थी कल्याणकारी समिति अध्यक्ष महिमा श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रममा क्याम्पस प्रमुख ऋषिराम बुढाथोकी र सहायक क्याम्पस प्रमुख अर्जुन ओझा पनि बोलेका थिए ।


अधिवेशनले विजयराज भण्डारीको अध्यक्षतामा नयाँ क्याम्पस सञ्चालक समिति चुनेको छ । सदस्यमा विश्वराज लामिछाने,श्रीधर आचार्य, विष्णुप्रसाद तिवारी,सुदेव गुरुङ, मनदेवी गुरुङ,पुष्पमणि भण्डारी, प्रेमबहादुर थापा र होमनाथ पौडेल रहेको निर्वाचन संयोजक खगेन्द्रराज आचार्यले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया