तनहुँमा दुर्घटना : ३ जनाको मृत्यु, १० जना घाइते

समाधान संवाददाता
तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा आइतबार दिउँसो सवारी दुर्घटनामा हुँदा ३ जनाको मृत्यु भएको छ । मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग ३ च ६०१२ नम्बरको टाटा सुमो एकआपसमा ठक्कर खाएको थियो ।
मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मृतकको पहिचान हुन बाँकी रहेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । दुर्घटनामा परी १० जना घाइते भएकाको तनहुँ प्रहरीले बताएको छ । उनीहरुलाई थप उपचारका लागि चितवन पठाइएकामा तनहुँ प्रहरीले जनाएको छ । घाइतेहरुलाई चितवनस्थित पुरानो मेडिकल कलेज पठाइएको तनहुँ प्रहरीले जनाएको हो । आँबुखैरेनी गाउँपालिका–४ बस्ने २८ वर्षीया देविका थापामगर, घाइते हुनेमा शुक्लागण्डकी नगरपालिका बस्ने ८० वर्षीय दामोदर पुरी,सोही ठाउँका १८ वर्षीया आरती खवास र गोरखाको गण्डकी गाउँपालिका–१ बस्ने ३८ वर्षीया डिनमया नेपाली रहेको प्रहरीले जनाएको छ ।
आँबुखैरेनी गाउँपालिका ३ बस्ने ३३ वर्षीया हिरा बसेल, शुक्लागण्डकी नगरपालिका बस्ने ३३ वर्षीय जितेन्द्र शाही, सोही ठाउँ बस्ने ५२ वर्षीया गोमा शाही, ४१ वर्षीया दिनु शाही, कास्कीको पोखरा महानगरपालिका बस्ने ५२ वर्षीय राम शाही र ५२ वर्षीया ज्ञानु शाही घाइते भएका छन् ।







चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया