लेखनाथ महोत्सवमा ८० हजार दर्शक

समाधान संवाददाता २०७८ चैत १ गते १३:४२

लेखनाथ ।
लेखनाथमा जारी १७ औं संस्करणको लेखनाथ महोत्सवमा सोमबारसम्म २ करोड १५ लाख कारोबार भएको छ । महोत्सव अहिलेसम्म ८० हजार दर्शकले अवलोकन गरेको प्रचारप्रसार उपसमिति संयोजक गोपीचन्द्र बास्तोलाले बताए ।


महोत्सवमा अहिलेसम्म १ सय ७० जनाले कोरोना बिरुद्धको भ्याक्सिनसमेत लगाएका छन् भने स्वास्थ्य सुरक्षाका लागि आयोजकले टिकटमा मास्कसमेत उपलब्ध गराएको छ । सोमबार विद्यालयस्तरीय कार्यक्रम, रत्यौली गीत, जनजातिको पहिचान सहितका नृत्य भएका छन् । गायनतर्फ पूर्णकला बिसी, चन्द्र शर्मा लगायतका कलाकारले दर्शकलाई मनोरञ्जन दिलाए ।


मंगलबार चर्चित गायक पशुपति शर्मा, सन्दीप सिंह राना, सरस्वती लामिछाने लगायतको प्रस्तुति रहने छ । फागुन २६ देखि जारी महोत्सव चैत ७ गतेसम्म चल्नेछ । महोत्सवमा स्वदेशी तथा विदेशी उत्पादन कम्पनीका विभिन्न वस्तु तथा सेवाका ३ सयभन्दा बढी स्टल छन् ।

Advertisement


महोत्सव स्थल किनबेचको केन्द्र बनेको छ ।महोत्सवमा हेर्ने र घर फर्कदा आवश्यक पर्नेसामान किन्ने क्रम देखिएको कोषाध्यक्ष भरतराज ओझाले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया