रेबानले होली महोत्सव गर्ने

समाधान संवाददाता २०७८ चैत १ गते २१:३७

पोखरा, १ चैत
होली पर्वको अवसरमा रेबान पोखराले होली महोत्सव आयोजना गर्ने भएको छ । आपसमा रङ दलेर शुभकामना साटासाट गर्दै मनाइने होलीको अवसरमा रेबानले बर्सेनि महोत्सव गर्दै आएको छ ।

यसपटक पनि महोत्सवलाई निरन्तरता दिन लागिएको रेवान पोखरा अध्यक्ष लक्ष्मण बरालले बताए । आउँदो शुक्रबार अम्मटघाटबाट सुरु हुने महोत्सवमा स्वदेशी, विदेशी पर्यटक, पर्यटन सम्बद्ध संघ, संस्था, प्रशासनिक निकायका प्रतिनिधि, स्थानीय आमा, युवा समूह लगायतको सहभागिता रहनेछ ।

महोत्सव सफल पार्न रेबान पोखरा सदस्य विष्णु बानियाँको संयोजकत्वमा समिति गठन गरिएको छ । ‘दिउँसो अम्मटमा जम्मा भई बाजागाजासहित खहरे चोकसम्म होली खेल्दै जाने हो,’ संयोजक बानियाँले भने । महोत्सवको प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड छ ।

Advertisement

तपाईको प्रतिक्रिया