नेकपा एमाले सराङकोटको पार्टी कार्यालय उद्घाटन

समाधान संवाददाता २०७८ चैत १३ गते २१:१५

पोखरा ।
नेकपा एमाले पोखरा १८ (सराङकोट) को पार्टी कार्यालयको उदघाटन भएको छ । पार्टी वडा कमिटीका अध्यक्ष पुश्कलबहादुर थापाको अध्यक्षतामा आइतबार भएको कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य साथै पूर्व युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले कार्यालय उद्घाटन गरेका हुन् ।

नेता विश्वकर्माले अहिले निकै महँगी बढेको र त्यो सराङकोट जत्तिकै अग्लो हुन थालेको सुनाए । उनले सुकुम्बासीको समस्या आफ्नो सरकार आएपछि हल गर्ने जनाए । महिलाको हकमा काम गर्ने एकमात्र पार्टी एमाले भएको विश्वकर्माले बताए । स्थानीय तहमा ४० प्रतिशतभन्दा बढी महिलाहरुलाई सहभागी गराउन एमालेले पहल गरी सफलता मिलेको उनको भनाइ थियो ।


कार्यक्रममा रणबहादुर थापा, जिल्ला कमिटी अध्यक्ष मनबहादुर गुरुङ, केन्द्रीय कमिटी सदस्य राजीव पहारी, केन्द्रीय कमिटी सदस्य तथा कास्की इन्चार्ज भीम कार्की लगायतले शुभकामना मन्तव्य राखे ।

Advertisement

केन्द्रीय कमिटी सदस्य तथा कास्की इन्चार्ज भीम कार्की र केन्द्रीय कमिटी सदस्य तथा कास्की सहइन्चार्ज प्रदेश सांसद राजीव पहारी पनि कार्यक्रममा अतिथि थिए ।

पार्टीका जिल्ला अध्यक्ष मनबहादुर गुरुङ, जिल्ला उपाध्यक्ष तेजनारायण अधिकारी, पोखरा महानगर कमिटी अध्यक्ष दिलीप न्यौपाने, उपाध्यक्ष मोहनबहादुर गुरुङ, महानगर सचिव जीवन आचार्य, उपसचिव रामचन्द्र थापा, जिल्ला कमिटी सदस्य तथा वडा अध्यक्ष जनप्रतिनिधि रणबहादुर थापा, अर्का जिल्ला सदस्य हरि लम्साल, पोखरा महानगर कमिटीका सचिवालय सदस्य लक्ष्मण तिमिल्सिना, सदस्यहरु डिलबहादुर जिसी, भोजकुमारी थापा, भीमबहादुर नेपाली जनप्रतिनिधि तथा पूर्व जनप्रतिनिधिहरु, पूर्व पार्टी प्रमुख, वडा कमिटीका पदाधिकारी सहित सदस्यहरु टोल कमिटीका अध्यक्ष पदाधिकारी कार्यक्रममा उपस्थित थिए ।

Advertisement


कार्यक्रमको समापन पार्टी वडा कमिटी अध्यक्ष पुश्कलबहादुर थापाले गरेका थिए । कार्यक्रममा उपाध्यक्ष अरुण थापाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन वडा कमिटी सचिव शालिकराम तिमिल्सिनाले गरेका थिए ।

तपाईको प्रतिक्रिया