पोखरा ३ र १३ मा अटेरी उम्मेदवार

समाधान संवाददाता २०७८ चैत १४ गते १९:३७

पोखरा। पोखराबाट सुरु भएर देशव्यापी बनेको अटेरी अभियानमा उम्मेदवार संख्या थपिदै छ । पोखरा ३ र १३ मा अटेरी उम्मेदवार थपिएका छन् ।

पोखरा ३ को वडाध्यक्षमा महेश उदास र १३ मा अमृत बहादुर विश्वकर्माले उम्मेदवारी दिएका छन् । यस्तै, वडा नम्बर १३ कै वडास्यमा केश बहादुर गुरुङले उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

Advertisement

पोखराका गनेस पौडेलले महानगरको मेयर पदमा उम्मेदवारी सार्वजनिक गरेर अटेरी अभियार सुरु गरेका थिए । अहिले देश भरबाट अटेरी उम्मेदवारी दिने क्रम जारी छ ।

अभियानका निर्वाचन अभियान संयोजक हरि कार्कीले आउदो १९ गते पत्रकार सम्मेलन मार्फत अभियानबारे जानकारी दिने बताए ।

Advertisement

तपाईको प्रतिक्रिया