शाहलाई थुनामुक्त गर्न उच्च अदालत पोखरामा निवेदन

समाधान संवाददाता २०७८ चैत १५ गते १३:३८

पोखरा ।
बलात्कारको अभियोगमा पुर्पक्षका लागि जेल चलान गरिएका अभिनेता पल शाहलाई थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन परेको छ ।


गत बिहीबार जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । आदेश विरुद्ध उच्च अदालत पोखरामा थुनामुक्त गर्न माग गर्दै निवेदन परेको अदालतका सूचना अधिकारी विष्णुप्रसाद आर्चायले बताए । ‘शाहलाई थना मुक्त गर्न माग गर्दै निवेदन परेको हो । पुनरावेदन होइन् । शाहको मुद्दामा फैसाला नभएकाले पुनरावेदन गर्न मिल्दैन । उहाँका पक्षका अधिवक्ताहरुले थुनामुक्त गरेर अनुसन्धान गर्न माग गर्दै निवेदन दिनुभएको हो,’ आर्चायले भने ।


जिल्ला अदालत तनहुँले आदेश दिँदा आधार मानेका विषयमा पनि पल पक्षलाई चत्ता नबुझेको भन्दै निवेदन परेको हो । निवेदनमा घटना भएको लामो समयसम्म पनिसँगै काम गर्नेदेखि घुमफिर गरेकाले बलात्कार नभएको पुष्टि भएकाले थुनामुक्त माग गरेका छन् ।

Advertisement


पीडितकै कुरा बाझिएको, उमेर ढाँटिएको र घरबेटी र उनीसँगै सुतेका व्यक्तिको बयानले पनि बलात्कार नभएको पुष्टि गरेको निवेदनमा उल्लेख छ । जाहेरी ढिलो पर्नु, घटना भएको भनिएको लामो समयसम्म पनि उनीहरु सँगै काम गरेकाले थुनामुक्त गर्न माग गर्दै निवेदन परेको हो । जिल्ला अदालत तनहुँले शाहका म्यानेजर जोशीलाई अदालतले १ लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया