एम्बुलेसन्स खरिददेखि क्यान्सर उपचार गर्न मन्त्री थापाकाे सहयोग

समाधान संवाददाता २०७८ चैत १५ गते २०:१६

पोखरा ।
गण्डकी प्रदेशका कानुन सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले आफ्नो पारिश्रमिक बापतको रकम एम्बुलेन्स खरिददेखि क्यान्स पीडितलाई सहयोग गरेका छन् ।

थापाले गत वर्ष माघदेखि फागुनसम्ममा पाएको पारिश्रमिक बापतको १३ लाख ६६ हजार रुपैयाँमा थप गरेर कुल १४ लाख ८६ हजार ९ सय रुपैयाँ समाजिक कार्यमा खर्च गरेका उल्लेख गरेका हुन् ।


यसमध्ये उनले महिलाको पाठेघर तथा स्तन क्यान्सरको उपचार गर्न ५० हजार रुपैयाँ सहयोग गरेको देखिएको छ । थापाले नागरिक परोपकार समन्वय संस्थालाई एम्बुलेन्स खरिद गर्न ५५ हजार सहयोग गरेका छन् । मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी थापाले आफूले १ वर्षमा प्राप्त गरेको पारिश्रमिक बराबरको रकम विकास निर्माण र समाजिक कार्यमा खर्च सार्वजनिक गरेका हुन् । पहिलो प्रदेश निर्वाचनबाट सांसद भएपछि थापाले पारिश्रमिक बापतको रकम समाजिक क्षेत्रमा खर्च गर्ने घोषण गरेको थिए ।

Advertisement


‘यो वर्ष पनि यसैको निरन्तरता हो । मैले वार्षिक पारिश्रमिक बापतको रकम भावनात्मक रुपमा खर्च गर्दै आइरहेको छु’ थापाले भने । मन्त्री थापाले प्रदेश सरकारबाट प्राप्त गर्ने निवासको सुविधा लिएका पनि छैन । उनी आफ्नै निवासबाट मन्त्रालय आउँजाउ गर्छन् ।


मन्त्री थापाले सबैभन्दा बढी पोखरामा महानगरपालिकामा ६ वटामा तारजाली र पाइप खरिदका लागि खर्च गरेका छन् । उनले पोखरा ८, ११, १६, २०, २१, २४ र ३३ नम्बर वडालाई तारजाली र पाइप खरिदमा गर्न २ लाख ५६ हजार सहयोग गरेका छन् । उनले पोखराका ८, ९, ११ र १६ नम्बर वडामा २ पटक गरी सडक बत्ती र फोकस लाइट खरिद गर्न २ लाख ६६ हजार खर्च गरेको सार्वजनिक गरेका हुन् ।

Advertisement


मन्त्री थापाले बत्ती भने केही ठाउँमा जडान गर्न बाँकी रहेको उल्लेख गरेका छन् । उनले आफ्नो व्यापार, व्यवसाय र अन्य आर्थिक स्रोतले जीविकोपार्जन गर्न समस्य नभएकाले राजनीतिमा लागेर आर्थिक उपज गर्न भन्दा पनि निस्वार्थ रुपमा जनताको सेवा गर्न लागेको बताए । उनले विभिन्न शीर्षक ग्रामिण सडक मर्मत, भवन निर्माण, घर पुनर्निर्माण गर्न, खानेपानी ट्यांकी बनाउन, खेलकुद सामग्री खरिद गर्न, भाँडाकुँडा सहयोग, सीपमूलक तालिम अभिवृद्धि गर्न सहयोग गरेका छन् ।

तपाईको प्रतिक्रिया