पोखरा सभागृहमा ट्रकको ठक्करबाट स्कुटर चालक विद्यार्थीकाे मृत्यु
समाधान संवाददाता
२०७८ चैत १६ गते ९:०४

पोखरा ।
सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पोखरा सभागृहमा कजेल पढ्न स्कुटरमा जाँदा ट्रकले ठक्कर दिएर स्कुटर चालकको मृत्यु भएको होे ।
पोखरा १५ नयाँगाउँ बस्ने १८ वर्षीय अन्जना पाइजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले बताए । प्रहरीका अनुसार उनी बिहान कलेज पढ्न स्कुटरमा जाँदै थिइन् । डिएसपी तिवारीका अनुसार उनको उपचारको क्रममा गण्डकी शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
आलुमाइला चोक तर्फ जाँदै गरेको पाइजा सवार ग १४ प ६५९८ नम्बरको स्कुटरलाई ना ६ ख ४७२५ नम्बरको ट्रकले ठक्कर दिएको तिवारीले बताए । स्कुटरको पछाडि सवार पोखरा १० घलेचोक बस्ने १८ वर्षीया मीना गुरुङ सामान्य घाइते भएकी छन् । उनको ढाडमा चोट लागेको तिवारीले बताए । डिएसपी तिवारीका अनुसार ट्रक र ट्रक चालक बैदाम प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित







गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
‘९ औं मा हारें, १०औंमा कुरा मिलेन, अब उपाध्यक्ष छोड्दिनँ’
जनप्रिय क्याम्पस ३५ वर्षमा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया