राप्रपाको पोखरा १४ वडासदस्यमा श्याम सिके निर्विरोध

समाधान संवाददाता २०७८ चैत १६ गते १३:५५

पोखरा ।
आउँदा स्थानीय चुनावमा पोखरामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवारी दिने नेताहरुको आंकाक्षा बढ्दो छ ।
महानगरदेखि वडामा टिकट आफ्नो पक्षमा पार्न नेताहरु आन्तरिक छलफलमा जुटेका हु्न ।

पोखरा १४ मा पनि वडाध्यक्षका लागि आधा दर्जन राप्रपा नेताहरु उम्मेदवारी बन्ने आकांक्षी देखिएका हुन् । जसमा जगत बहादुर कार्की, मनिष केसी, मोहन केसी, ज्ञानेन्द्र कुमार घिमिरे, कृष्णबहादुर कुँवर र कृष्ण केसी छन् । उनीहरुले वडाध्यक्षमा आफूले टिकट पाउनुपर्ने अडान लिँदै आएका हुन् ।


आकांक्षी बढ्दै जाँदा अमृतबहादुर कार्कीको संयोजकत्वमा निर्वाचन समिति बनेको छ । उनले वडामा आकांक्षिहरु बढेकाले केहीलाई चयन गरेर अन्तिम नामावलिका लागि जिल्लामा पठाउने बताए ।

Advertisement


समितिले वडामा श्याम सिकेलाई वडा सदस्यमा उठाउने निर्णय सर्वसम्मत पारित गरेको हो । बाँकी ३ जना सदस्यका लागि पुरुष तर्फ रामकृष्ण अधिकारी, कृष्णबहादुर जिसी, मिलन केसी र शंखा मानन्धरले आकांक्षी देखिएका छन् । वडा सदस्यमा २ जना महिला अनिर्वाय छ । जसमा सुस्मा त्रिपाठी, शोभा गुरुङ कोपिला भण्डारी, शान्ति परियार, मिना गुरुङ मिना सुवेदी र सर्मिल विक आकांक्षी देखिएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया