पाेखरा महानगरको छड्के : सडक पेटीका सामग्री जफत

समाधान संवाददाता २०७८ चैत १८ गते १७:२५

पोखरा ।
सडक पेटीमा सामग्री थुपार्ने र सडक पेटीमै व्यवसाय गर्नेलाई पोखरा महानगरले कारबाही थालेको छ । बुधबारदेखि महानगरले सडक पेटीमा यात्रुलाई असहज हुनेगरी रखिएका होडिङ बोर्ड र निर्माण सामग्री हटाउने र जफत गर्न थालेको मेयरका प्रेस संयोजक माधव बरालले जानकारी दिए ।


अटेर गर्ने व्यवसायी र घरधनीको सामानसमेत जफत गरिएको छ । मेयर मानबहादुर जिसीको ठाडो निर्देशनमा नगर प्रहरी, नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोली बुधबारदेखि मुख्य चोकका सडक पेटी खाली गरेको हो । टोलीले सडक पेटी अवरुद्ध गर्नेलाई कारबाहीसमेत गरेको संयोजक बरालले बताए । बिहीबार पनि टोलीले सिर्जनाचोक, जिरो किलोमिटर र सभागृहमा पेटीमा राखिएका सामान जफत गरेको छ ।


जिरो किलोमिटरदेखि सभागृहसम्म १० ठाउँमा रहेका ढुंगा, गिटी जफत गरेको नगर प्रहरी नायब निरीक्षक पुरुषोत्तम थापाले जानकारी दिए । थापाले बिहीबार ढुंगा, बालुवासहित होडिङ बोर्ड, पार्किङमा राखिएका टायर र खुद्रा व्यवसायलाई कारबाही गरेको बताए । ‘बुधबार हाम्रो संयुक्त टोलीले वडा प्रहरी कार्यालयबाट सुरु गरेर हल्लनचोकसम्म ६ स्थानको निर्माण समग्री हटाएका थियौं । यो अब निरन्तर चल्छ । बुधबार नै १० ठाउँमा होडिङ बोर्ड जफत ग¥यौं । पाकिङ व्यवस्थित ग¥यौं,’ थापाले भने ।

Advertisement


नगर प्रहरी सहितको टोलीले बिहीबार १० ठाउँका डिजिटल होडिङ बोर्ड जफत गरेको छ । ‘बाटोमै व्यवसाय गरेर यात्रुलाई दुख दिने र दुर्घटना बढ्ने डर भएपछि महानगरपालिकाले सडक पेटी खाली गर्न लगाएको हो,’ थापाले भने ।

Advertisement

तपाईको प्रतिक्रिया