मादी गाउँपालिका अध्यक्षमा २४ वर्षीय युवाको अटेरी उम्मेदवारी 

समाधान संवाददाता २०७८ चैत १९ गते १५:२४

पोखरा ।

कास्कीका मादी गाउँपालिका प्रमुख पदका लागि अटेरी उम्मेदवारी घोषणा भएको छ । २४ वर्षीय सुनील ढकालले अध्यक्ष पदका लागि अटेरी उम्मेदवारी दिने भएका हुन् ।


पोखराबाट सुरु भएर देशव्यापी बनेको अटेरी अभियान पोखरा महानगर प्रमुखमा उम्मेदवारी दिएर गनेस पौडेलले सुरुआत गरेका थिए । हाल देशभर २ सय बढीको अटेरी उम्मेदवारी घोषणा भइसकेको छ ।  

Advertisement


कास्की वडा प्रमुखमा उम्मेदवारी परे पनि ४ गाउँपालिकामध्ये मादी गाउँपालिका प्रमुखमा पहिलो उम्मेदवारी परेको हो । स्थानीय तह दलरहित बनाउनुपर्ने माग सहित सुरुआत भएको यो अभियान अहिले चुनाव लक्षित कार्यक्रममा लागेको छ । 


पोखराका विभिन्न वडामा अभियानका अभियन्ताहरु छलफलका लागि जुटिरहेका छन् । आउँदो २६ गते अटेरी अभियानका अभियन्ताहरुको संयुक्त उम्मेदवारी घोषणा कार्यक्रम रहेको अभियानका निर्वाचन अभियान संयोजक हरि कार्कीले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया