स्याड्जा टक्सार सुवेदी समाजमा तुलसीराम

समाधान संवाददाता २०७८ चैत २० गते ११:०४

पोखरा ।
पुतलीबजार ६ टक्सार स्याड्जा जन्मस्थान तथा पुर्ख्यौली घर हुने नेपालभर छरिएर रहेका सुवेदी बन्धुहरुले संस्थाको स्थापना दिवसको अवसर पारेर तेस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न गरे ।


भेलाले तुलसीराम सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा रामु सुवेदी, द्वितीय उपाध्यक्ष रामचन्द्र सुवेदी, महासचिवमा भीमप्रसाद सुवेदी, सचिवमा ताराप्रसाद सुवेदी, कोषाध्यक्षमा मुक्तिनाथ सुवेदी, सहकोषाध्यक्षमा तारा सुवेदी र सदस्यहरुमा चोलाकान्त सुवेदी, सुशीला सुवेदी, विष्णुमाया सुवेदी, कमला सुवेदी र जगतप्रसाद सुवेदी सर्वसम्मत चयन भएका छन् । बाँकी ३ सदस्य पछि कार्यसमितिले चयन गर्ने गरी कार्यसमितिलाई जिम्मेवारी दिइएको छ ।


गजेन्द्रप्रसाद सुवेदी, छविराज सुवेदी र विष्णुप्रसाद सुवेदी रहेको तीन सदस्यीय निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरी पद तथा गोपनियताको सपथ ग्रहण गराएको थियो ।

Advertisement


संस्थाका अध्यक्ष लीलाधर सुवेदीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष रामु सुवेदीले राखे । संस्थाका महासचिव तुलसीराम सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रम संयोजक तथा उपाध्यक्ष भीम सुवेदीले कार्यक्रममा उपस्थित सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा महासचिवको प्रगति प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुतसहित अनुमोदन गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया