नेत्रज्योति संघको अधिवेशन पोखरामा हुने

समाधान संवाददाता २०७८ चैत २० गते १३:५१

पोखरा ।
नेपाल नेत्रज्योति संघको २९ औं केन्द्रीय सभाको अधिवेशन पोखरामा हुने भएको छ । चैतको २६ र २७ गते अधिवेशन हुन लागेको हो ।


संघको कास्की जिल्ला शाखा, गण्डकी प्रदेश शाखा र हिमालय आँखा अस्पतालले अधिवेशनको आतिथ्यता गर्ने भएको छ । अधिवेशनमा संघका नीति, बजेट र विधानका बारेमा छलफल हुनेछ ।


गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन हुने संघको कास्कीका सचिव सुरेन्द्र थापाले जनाए । अधिवेशन आयोजना गर्न संघको प्रदेश समितिका अध्यक्षसमेत रहेका केन्द्रीय उपाध्यक्ष डा दिलबहादुर क्षेत्रीको संयोजकत्वमा २१ सदस्यीय मूल आयोजक समिति गठन भएको छ । प्रचार समितिको संयोजक सुरेन्द्र थापा छन् । अधिवेशनका लागि ५ वटा समिति गठन भएको छ ।

Advertisement


अधिवेशनमा ४५ जिल्लाका २५० जना प्रतिनिधि सहभागी हुने भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया