पोखरा १० मा कांग्रेसका उम्मेदवार सर्वसम्मत सिफारिस, वडाध्यक्ष उम्मेदवार राजु

समाधान संवाददाता २०७८ चैत २० गते २०:१९

पोखरा ।


नेपाली कांग्रेस पोखरा १० वडा समितिले आउँदो निर्वाचनमा उठाउने उम्मेवार सर्वसम्मत सिफारिस गरेको छ । वडाध्यक्षको उम्मेदवार बनाउन पार्टीका वडा इकाई समिति सभापति राजेश गुरुङ ‘राजु’ सिफारिस गरिएको समिति सचिव पूर्णचन्द्र न्यौपानेले जानकारी दिए ।


उम्मेदवार सिफारिसका लागि कांग्रेस पोखरा १० को बैठक आइतबार बसेको थियो । सोही बैठकले स्थानीय चुनावमा राजेशलाई पोखरा १० मा कांग्रेसको उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरेको हो । बैठकले सदस्यमा पूर्णचन्द्र न्यौपाने, परमेश्वर कार्की, दलित महिला सदस्यमा सुनिमाया नेपाली, महिला सदस्यमा नरदेवी गुरुङलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

Advertisement


वडा समितिले जिल्ला समितिलाई उम्मेदवारको नाम सिफारिस गरेको हो । आवश्यक ५ पदका लागि केवल ५ जनाको मात्रै नाम सर्वसम्मत सिफारिस भएको छ । नेपाली कांग्रेसमा वडा तहको उम्मेदवारको टिकट जिल्ला समितिले दिन्छ ।
प्रत्येक पदका लागि ३/३ जनासम्मको नाम सिफारिस गर्न सकिने भए पनि सबै पदमा आवश्यक संख्यामात्रै सिफारिस भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया