मंगलबार पोखरामा ट्होटें पर्व मनाइँदै

पोखरा ।
तमुहरुको ऐतिहासिक पर्व ट्होटें चैतको अन्तिम मंगलबार चैत २९ गते तमु धिं नेपालको आयोजनामा पोखरामा धुमधामका साथ मनाउने भएको छ । वर्षमा दुईपटक चैत र साउनको तिन मंगलबार तमु गाँउ, ह्युलमा मनाउँदै आएको ट्होटें पोखरामा तमु धिं नेपालको अगुवामा सामूहिक रुपमा चैत र साउनको अन्तिम मंगलबार मनाउदै आएको छ ।
तमु नास (गाँउ), ट्हो(बस्ती), ह्युल(राज्य)को सुरक्षाका साथै बैरीहरुलाई सीमा कटाउँदै सभ्य तमु ह्युलका लागि मनाउँदै आएको परम्परागत पर्व ट्होटें सामूहिक रुपमा तमु धिं नेपालको आयोजनामा विगतदेखि पोखरामा मनाउँदै आएको हो ।
उघौलीको रुपमा मनाइने ट्होटें यस वर्ष पोखरा सभागृहमा भेला भई विभिन्न झाँकी, बाजागाजा, साँस्कृतिक प्रस्तुतिसहित मौलिक भेषभुषमा सभागृहचोक, लखनचोक, नयाँबजार हुँदै तमु धिं नेपालको प्रांगणमा समारोह गरिने तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए ।
कोरोनाको महामारीले गर्दा विगत दुई वर्ष सांकेतिक रुपमा मात्रै मनाइएको ट्होटें यसपटक भने भव्यताका साथ मनाइने साँस्कृतिक समितिका संयोजक कृष्णकुमार गुरुङले बताए । तमुहरुको ऐतिहासिक एवं पौराणिक पर्व ट्होटें गाउँबस्ती र समाजहरुले गएका तिन हप्ता विभिन्न तरिका मनाए भने अन्तिम मंगलबार सामूहिक रुपमा तमु धिं नेपालको आयोजनामा मनाइँदै आएको र ट्होटें तयारी अन्तिम चरणमा पुगेको संयोजक गुरुङले बताए ।
ऐतिहासिक, सांस्कृतिक एवम मौलिक महत्वका साथ सभ्य समाज निर्माण गर्ने एकता र सद्भावको पर्वको प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई आमन्त्रण गरिएको गुरुङले बताए । ट्होटेंको ऐतिहासिक महत्वका साथै एकता र सँस्कृतिको विकासका लागि तमु धिं नेपालले तत्कालीन युवा संयोजक हितकाजी गुरुङको संयोजकत्वमा विसं २०५२ सालदेखि तमु धिंले सामूहिक रुपमा ट्होटें मनाउँदै आएको हो ।








गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
‘९ औं मा हारें, १०औंमा कुरा मिलेन, अब उपाध्यक्ष छोड्दिनँ’
जनप्रिय क्याम्पस ३५ वर्षमा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया