गठबन्धनले बनायो भागबण्डाको मापदण्ड

समाधान संवाददाता २०७८ चैत ३० गते १०:५९

काठमाडौं l


आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूले उम्मेदवारको सिट बाँडफाँटका विभिन्न मापदण्ड तय गरेका छन् । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रले सिट बाँडफाँटका आधार तय गरेको हो ।


बैठकले गरेका निर्णयबारे कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराएका थिए । २०७४ को निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा (एकीकृत समाजवादी) कायम रहेका जनप्रतिनिधिहरुलाई यसैअनुसार मान्ने सहमति बनेको छ । ०७४ को निर्वाचनमा दलका उम्मेदवारहरुले पालिका, वडामा प्राप्त गरेको मतको मतभारलाई आधार मान्ने जनाइएको छ ।

Advertisement


०७४ को स्थानीय तह निर्वाचनमा विजय प्राप्त गरेको नभए पनि स्थानीय तहमा उपस्थिति रही यथाशक्य गठबन्धनभित्र अन्य दललाई पनि सहभागी गराउने मापदण्ड बनेको छ । ०७४ को स्थानीय तह निर्वाचनमा गठबन्धनबाहेकका दल विजयी स्थानमा गठबन्धनभित्रका दलहरुले उक्त निर्वाचनमा प्रमुख पदमा प्राप्त मतलाई आधार बनाउने तय भएको छ । सत्ता गठबन्धनका दलले गठबन्धनभित्र रहेका दलहरुबीच मात्रै चुनावी तालमेल गर्न पाउने भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया