फुडमान्डुको नयाँ लोगो सार्वजनिक

समाधान संवाददाता २०७९ वैशाख २ गते ११:४९

पोखरा l
नेपालको पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमान्डुले नयाँ वर्षको अवसरमा नयाँ लोगो सार्वजनिक गरेको छ । यो नयाँ ब्रान्ड पहिचानले फुडमान्डुको नयाँ विचारलाई सधै अघि ल्याउने बताइएको छ ।


‘हामी हाम्रो मूल्य, मान्यता र उद्देश्यलाई धेरै महत्व दिन्छौँ । हाम्रो नयाँ पहिचानले यस भावना प्रतिबिम्बित गर्दछ भन्ने हाम्रो विश्वास छ,’ फुडमान्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने । लोगोमा रहेको बाफको आकृतिले फुडमान्डुका ग्राहकले ताजा खाना खादाको खुसीको अनुभवलाई जनाउछ । २०१० मा स्थापना भएको फुडमाण्डु नेपालको पहिलो र लोकप्रिय फुड डेलिभरी कम्पनी हो । फुडमान्डुले हाल काठमाडौं, ललितपुर, कीर्तिपुर, भक्तपुर र पोखराका ८ सय भन्दा बढी रेस्टुरेन्टबाट फुड डेलिभरी गरिरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया