लमजुङको बेसीसहरको मेयरमा कांग्रेसबाट ६ आकांक्षी

समाधान संवाददाता २०७९ वैशाख ३ गते १३:३२

बेसीसहर ।


लमजुङको बेसीसहर नगरपालिकाको मेयरको उम्मेदवार बन्न नेपाली कांग्रेसभित्र ६ जना आकांक्षी देखिएका छन् । जिल्ला उपसभापति श्रीकान्त घिमिरे, जिल्ला सचिव कृष्णबहादुर अधिकारी, निवर्तमान जिल्ला सचिव हरि बराल, महाधिवेशन प्रतिनिधिहरु जीवनकुमार श्रेष्ठ र बृषराज गुरुङ र बेसीसहर ११ की सुप्रिया जोशीले मेयरको उम्मेदवारीमा आकांक्षा देखाएका हुन् ।


नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न आकांक्षीहरुको नाम संकलन गरेको छ । नाम संकलनका लागि पार्टीले नगर भेला आयोजना गरेको थियो ।

Advertisement


कांग्रेस महासमिति सदस्य टीका बस्याल, जिल्ला कार्यसमिति सदस्य सरस्वती धिताल, क्षेत्रीय कार्यसमिति कोषाध्यक्ष तिरकाशी गुरुङ, नेपाल शिक्षक संघ गण्डकी प्रदेश प्रतिनिधि विष्णुमाया भण्डारी, गण्डकी प्रदेश प्रतिनिधि सुस्मिता अधिकारी लगायतले उपमेयरमा आकांक्षा राखेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया