लमजुङको क्व्होलासोथार गाउँपालिका अध्यक्ष उम्मेदवारमा एमालेबाट सूर्य गुरुङ सर्वसम्मत सिफारिस

समाधान संवाददाता २०७९ वैशाख ३ गते १३:५०

बेसीसहर ।
लमजुङको क्व्होलासोथार गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा एमाले सूर्यप्रसाद गुरुङलाई पार्टी पालिका कमिटीले सर्वसम्मत सिफारिस गरेको छ । सूर्य एमाले लमजुङ जिल्ला कमिटी सदस्य हुन् । त्यसअघि उनी एमाले क्व्होलासोथर पालिका कमिटी सचिव थिए । गाउँपालिकाका कमिटीको उपाध्यक्षसमेत भइसकेका उनी वडा नम्बर ६ र ७ को इन्चार्जसमेत हुन् ।


व्यवस्थापनमा स्नातकोत्तर गरेका सूर्यप्रसादले वानइयर बिएड पनि गरेका छन् । बैंकिङ करियरमा अनुभव बटुलेका उनी सामाजिक क्षेत्रमा पनि सक्रिय छन् । उनले गण्डकी प्रदेशका प्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख स्वकीय सचिवको जिम्मेवारी पनि निर्वाह गरेका थिए ।


वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न एमाले गाउँपालिका कमिटीको भेला शुक्रबार भएको थियो । कमिटीले उपाध्यक्षमा भने ३ जना सिफारिस भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया