पोखरा १२ मा कांग्रेसबाट अध्यक्षमा बास्तोला सर्वसम्मत सिफारिस

समाधान संवाददाता २०७९ वैशाख ३ गते १८:५४

पोखरा ।
आसन्न स्थानिय तहको चुनावमा नेपाली कांग्रेसले पोखरा महानगरपालिका वडा नम्बर १२ मा सन्तोष बास्तोलालाई अध्यक्षमा सर्वसम्मत सिफारिस गरेको छ ।

अध्यक्षमा दाबी गर्नेहरुले अन्तिम अवस्थामा बास्तोलालाई समर्थन गरेपछि उनी सर्वसम्मत भएका हुन् । बास्तोला नेपाली कांग्रेसको पोखरा महानगर १२ का अध्यक्ष समेत हुन् ।


नाम सिफारिसपछि बस्तोलाले वडामा विजयी भए महानगर मध्ये ‘नमुना वडा’ बनाउने घोषणा गरेको छन् । वडा सदस्यका लागि टुंगो नलागेको उनले बताए । सदस्यमा सर्वसम्मत गर्ने हाम्रो प्रयास भइरहेकाले २÷३ दिनभित्र टुंगो लाग्ने उनले सुनाए । नेविसंघको राजनितिबाट अगाडि बढेका बास्तोला युवाहरु माँझ लोकप्रिय रहेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया