वालिङ दुर्घटनाका मृतकको पहिचान खुल्यो
समाधान संवाददाता
२०७९ वैशाख ४ गते १३:३४

स्याङ्जा ।
वालिङ दुर्घटनाका ५ मृतकको पहिचान खुलेको छ । वालिङ नगरपालिका १२ डाँडाखर्कस्थित भित्री सडकमा आइतबार बिहान जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।
वालिङ १२ का वीरबहादुर डाबा, हीरा डाबा, शर्मिला सारु, शर्मिलाका छोरा ७ वर्षका गौरव सारु र वालिङ १४ को पुलकुमारी कनौचेको उक्त दुर्घटनामा मृत्यु भएको स्थानीय बासिन्दासमेत रहेका पत्रकार प्रकाश डुम्रेले जनाएका छन् ।
दुर्घटनामा सिकिस्त घाइते भएका चालक सहित ३ जनालाई उपचारका लागि पोखरा ल्याइएको छ । अरु घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ । डाडाखर्कबाट वालिङतर्फ आउँदै गरको ग१ज ७३९९ नम्बरको जिप बिहान १० बजे अनियन्त्रित भई पल्टिएको हो ।
सम्बन्धित







गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
‘९ औं मा हारें, १०औंमा कुरा मिलेन, अब उपाध्यक्ष छोड्दिनँ’
जनप्रिय क्याम्पस ३५ वर्षमा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया