नयन सहकारीको स्थापना दिवस

समाधान संवाददाता २०७९ वैशाख ५ गते १०:२१

लेखनाथ l
नयन बचत तथा ऋण सहकारी संस्था पोखरा २६ ले १० औं स्थापना दिवस मनाएको छ । दिवसको उपलक्ष्यमा सामुदायिक विद्यालयका विद्यार्थीलाई सहकारीले स्टेसनरी सहयोग गरेको छ ।
नयनले कास्कीको मादी गाउँपालिका ९ मुग्रीवेंशी स्थित बालकल्याण आधारभू्त विद्यालयका विद्यार्थीलाई सहयोग गरेको हो । संस्थाका ज्येष्ठ सेयर सदस्य ऋषिराम अधिकारीले प्रधानाध्यापक विष्णुहरि अधिकारीलाई सहयोग हस्तान्तरण गरे ।
सहकारीका अध्यक्ष टीकाराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा डिस होमका एरिया सेल्स म्यानेजर प्रदीप सुवेदीले सबै विद्यार्थीलाई शैक्षिक सामग्रीसहित झोला वितरण गरे । कार्यक्रममा सहकारीका कोषाध्यक्ष अर्जुनप्रसाद सुवेदी, उपाध्यक्ष कृष्णप्रसाद सुवेदी र सचिव शिवहरि सुवेदीले बोलेका थिए ।

तपाईको प्रतिक्रिया