एमाले पोखरा ९ मा  ५०१  जनाको निर्वाचन परिचालन कमिटी गठन 

समाधान संवाददाता २०७९ वैशाख ९ गते १७:१२

पोखरा ।

वैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) पोखरा महानगर वडा नं. ९ मा ५०१  जनाको निर्वाचन परिचालन कमिटी गठन भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले कास्की अध्यक्ष मनवहादुर गुरूङले  स्थानीय तहकाे निर्वाचनमा नेकपा एमाले पहिलाे पार्टी हुने बताए। कार्यक्रमा पाेखरा महानगर सचिवालय सदस्य कमल श्रेष्ठ ,पाेखरा महानगर सदस्य वडा इन्चार्ज प्रकाश शर्माले कार्यक्रममा शुभकामना राखेका थिए।

शुक्रबार नेकपा एमाले पोखरा महानगरपालिका वडा नं ९ को निर्वाचन परिचालन कमीटीको सम्पर्क कार्यालयमा भएको भेलाले एमाले  पाेखरा महनगर कमिटी सदस्य  प्रकाश  शर्मा को संयोजकत्वमा पाच सय एक  निर्वाचन परिचालन कमिटी गठन गरेको हो । कमिटीकाे सहसंयाेजक सीता परियार सचिवमा जगदिश खनाल सहसचिवमा पिताम्वर पाैडेल काेषाध्यक्षमा वावुराम श्रेष्ठ सहित पाच सय एक सदसिय निर्वाचन परिचालन कमिटि निर्माण भएकाे छ। 

Advertisement


उक्त भेलाले बैशाख ३० गतेको स्थानीय चुनावलाई लक्षित गरी विभिन्न उपसमिति समेत गठन गरेको छ । वावुराम श्रेष्ठको संयोजकत्वमा आर्थिक, जगदिश खनालको संयोजकत्वमा प्रचारप्रसार तथा आईटी, निराेज मैनालिको संयोजकत्वमा युवा तथा स्वयंसेवक परिचालन, शिव सुवेदिको संयोजकत्वमा मत सर्वेक्षण, वासुदेव तिमिल्सिनाको संयोजकत्वमा प्रतिवद्धता पत्र तयारी, श्यामलाल श्रेष्ठको संयोजकत्वमा साँस्कृतिक, कृष्ण परियारको संयोजकत्वमा उत्पीडित क्षेत्र परिचालन, दिलमाया गुरूङको नेतृत्वमा महिला परिचालन, कन्या गुरूङकाे नेतृत्वमा सुकुम्वासि परिचालन,निर्मल राज रेग्मिकाे नेतृत्वमा वुदिजिवि परिचालन,  लेकमाया थापाकाे नेतृत्वमा अादिवासि जनजाति परिचालन ,  सरस्वति श्रेष्ठकाे संयोजकत्वमा मतदाता खोजी तथा पहिचान, गाेपि तुलाचनको संयोजकत्वमा अनुगमन उपसमिति गठन भएको छ । नेकपा एमाले वडा कमिटिका अध्यक्ष प्रेम गुरूङकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन सचिव जगदिश खनालले गरेका थिए।

Advertisement

तपाईको प्रतिक्रिया