धाँधलीरहित चुनाव गर्न दलहरुको माग

समाधान संवाददाता २०७९ वैशाख ९ गते २०:४१

पोखरा ।
पोखरामा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले राखेको सर्वदलीय बैठकमा उपस्थित सबैले धाँधलीरहित चुनाव गर्न माग गरेका छन् ।


स्थानीय तहको चुनाव भयरहित, निष्पक्ष हुनुपर्ने भेलामा उपस्थिति सबैको भनाइ थियो । मतदातको सुरक्षाको अनुभूति दिलाउने गरी निर्वाचन हुनुपर्ने कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बताए । निर्वाचन सम्पन्न गर्न आफूले सक्दो सहयोग गर्ने उनको भनाइ थियो । निर्वाचन कस्तो बनाउने भन्ने कुरा राजनीतिक दलको गतिविधिले निर्धारण गर्ने नेकपा एमालेका गण्डकी प्रदेशका उपसचिव रश्मि आचार्यले बताए । निर्वाचनमा भाग लिने सबै पार्टी आचारसंहितामा सजग हुनुपर्ने उनकाे धारणा थियाे ।


मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईको अध्यक्षतामा भएको बैठकमा राजनैतीक दल, सुरक्षा निकाय, नागरिक समाज, पत्रकार लगायतको उपस्थिति रहेको थियो । नागरिक समाजका रामबहादुर पौडेलले चुनावमा तडकभडक बन्द भनाइ राखे । उनले चुनावमा हुने गरेका हुल हुज्जत बन्द गरेर चुनाव निष्पक्ष हुनुपर्ने बताएका छन् । मुख्य निर्वाचन अधिकृत भट्टराईले सबै राजनैतीक पार्टीहरुलाई आचारसंहिता पालनाका लागि आग्रह छन् । उम्मेद्वारी दर्ता गर्न जाँदा आवश्यक कागजातहरु साथैमा लिएर उपस्थित हुन भट्टराईको आग्रह छ ।

Advertisement

तपाईको प्रतिक्रिया