कांग्रेसबाट मादी गाउँपालिकाका अध्यक्षका आंकाक्षी ढकालले लिए दाबी फिर्ता

समाधान संवाददाता २०७९ वैशाख १० गते १६:०३

पोखरा ।
कांग्रेसबाट मादी गाउँपालिकामा अध्यक्षका आकांक्षी भानु ढकालले दाबी फिर्ता लिएका छन् । ढकालले शनिबार कांग्रेस कास्की पार्टी कार्यालयमा वडा सभापतिहरुलाई सम्बोधन गर्दै गठबन्धनबाट आफू उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।

कांग्रेस मादीबाट १२ जनाले अध्यक्षमा आकांक्षी परेको थियाे । तर, गाउँपालिकामा गठबन्धनको दल माओवादी केन्द्रले पनि अध्यक्षमा दाबी गरेको छ । ढकालले गठबन्धन बनाएर जाँदा आफू कांग्रेसबाट उम्मेदवार नबन्ने बताए । ”कांग्रेस एक्लै मादीमा जित्न सक्षम छ,” उनले भने ।

Advertisement

तपाईको प्रतिक्रिया