मादी गाउँपालिका अध्यक्षमा एमालेबाट महेन्द्र

समाधान संवाददाता २०७९ वैशाख १२ गते ११:२२

पाेखरा ।

नेकपा एमालेले कास्कीकाे मादी गाउँपालिका अध्यक्षमा युवा नेता महेन्द्र गुरुङ (शिवबहादुर गुरुङ) लाई टिकट दिएकाे छ । युवा संघ नेपालका सचिव तथा गण्डकी प्रदेशका संयाेजक गुरुङ एमाले जिल्ला कमिटी कास्कीका सचिवालय सदस्य समेत हुन् ।

त्यसैगरी मादीकाे उपाध्यक्षकाे टिकट कल्पना गुरुङले पाएकी छन् ।

Advertisement

कांग्रेसले मादीको अध्यक्ष अझै टुङ्ग्याएकाे छैन् । तर अध्यक्षका आकांक्षीबीच मतदान भने गराएकाे छ । मत परिणाम अनुसार देवीजंग गुरुङको पक्षमा ७, अर्जुनको पक्षमा ५ र लेखबहादुरको पक्षमा २ मत परेको जानकारी कांग्रेस मादी स्रोतले दिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया