कृष्ण थापाले दिए सांसदबाट राजीनामा

समाधान संवाददाता २०७९ वैशाख १२ गते ११:५८

पोखरा ।
गण्डकीका सांसद कृष्ण थापाले प्रदेश सभा सदस्यबाट राजीनामा दिएका छन् ।


एमाले केन्द्रीय बैठकले पोखराको मेयरमा दीपक पौडेलको सट्टा थापालाई उम्मेदवार बनाउने निर्णय गरेपछि प्रदेश सभा सदस्यबाट थापाले राजीनामा दिएका हुन् । थापाले सोमबार गण्कीका सभामुख नेत्रनाथ अधिकारीलाई राजीनामा बुझाएका छन् । थापा २०७४ सालमा कास्की २ (क)बाट निर्वाचित भएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया