३ दिनअघि नै राजीनामा दिएकी थिइन् उपमेयर गुरुङले

समाधान संवाददाता २०७९ वैशाख १२ गते १२:२२

पोखरा ।
पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले पदबाट राजीनामा दिइसकेकी छन् ।

उनले उपमेयरपदबाट ३ दिनअघिन राजीनामा दिइसकेको समाधान दैनिक दैनिकसँग सुनाएकी हुन् । ‘मेरो राजीनामा दिने प्रकृया पूरा भइसकेको छ । अब उम्मेदवारी दर्ता बाँकी छ, केही बेरमा हामीहरु उम्मेदवारी दर्ता प्रकृयामा जान्छौं,’ गुरुङले भनिन् ।

Advertisement

गुरुङले आइतबार भने स्था उम्मेदवारी अस्विकार गरेकी थिइन् । नेकपा एमालेको केन्द्रीय कमिटीले शनिबार पोखरा महानगरमा मेयर दीपक पोडेल र उपमेयर गुरुङलाई बनाउने निर्णय गरेको गरेपछि उनले उपमेयर अस्वीकार गरेकी हुन् । तर, केन्द्रीय बैठकले साेमबार पुन मेयरमा कृष्णा थापालाई मेयरमा र उपमेयरमा गुरुङलाई उठाउने निणर्य गरेकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया