कास्की रुपाका कांग्रेस कार्यकर्ताले अध्यक्षकाे टिकट खाेसे
समाधान संवाददाता
२०७९ वैशाख १२ गते १७:४०

पाेखरा ।
कास्कीकाे रुपा गाउँ पालिकाकाे अध्यक्ष पदमा पार्टीले टिकट दिएर पनि स्थानीय नेता आनन्द सुवेदी चुनाव लड्नबाट बञ्चित भएका छन् । पार्टीले उनलाई टिकट दिए पनि गाउँ पालिकाका कार्यकर्ता विराेधमा उत्रिएपछि उनकाे टिकट खाेसिएकाे छ ।
पार्टी नेतृत्वले गाउँ पालिकाकाे अध्यक्षमा टिकट दिएपछि उमेदवारी दर्ता गर्न गएका सुवेदीलाई कांग्रेस कै कार्यकर्ताले बाटाे छेके । दिनभर नाराबाजी गर्दै उनलाई मनाेनय दर्ता गर्नै नदिएपछि नेतृत्वले सुवेदीकाे टिकट खाेसेकाे हाे ।
सुवेदीलाई दिएकाे अध्यक्षकाे टिकट गिमाया गुरुङलाई दिइएकाे छ । सुवेदीलाई अध्यक्षकाे टिकट दिँदा गिमायाले उपाध्यक्षकाे टिकट पाएकी थिइन् ।
गिमाया अध्यक्षमा बढुवा भएपछि उपाध्यक्षकाे टिकट नारायण श्रेष्ठले पाएका छन् । अहिले उनीहरु दुवै जनाले मनाेनयन दर्ता गरिसकेका छन् ।
सम्बन्धित








पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
निर्वाचन आयोगको प्रतिवेदन पेस
टेवानमा सचेतना
हचुवामा संरचना, करोड खर्चेपछि खारेज
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया