कास्की रुपाका कांग्रेस कार्यकर्ताले अध्यक्षकाे टिकट खाेसे

समाधान संवाददाता २०७९ वैशाख १२ गते १७:४०

पाेखरा ।

कास्कीकाे रुपा गाउँ पालिकाकाे अध्यक्ष पदमा पार्टीले टिकट दिएर पनि स्थानीय नेता आनन्द सुवेदी चुनाव लड्नबाट बञ्चित भएका छन् । पार्टीले उनलाई टिकट दिए पनि गाउँ पालिकाका कार्यकर्ता विराेधमा उत्रिएपछि उनकाे टिकट खाेसिएकाे छ ।

पार्टी नेतृत्वले गाउँ पालिकाकाे अध्यक्षमा टिकट दिएपछि उमेदवारी दर्ता गर्न गएका सुवेदीलाई कांग्रेस कै कार्यकर्ताले बाटाे छेके । दिनभर नाराबाजी गर्दै उनलाई मनाेनय दर्ता गर्नै नदिएपछि नेतृत्वले सुवेदीकाे टिकट खाेसेकाे हाे ।

Advertisement

सुवेदीलाई दिएकाे अध्यक्षकाे टिकट गिमाया गुरुङलाई दिइएकाे छ । सुवेदीलाई अध्यक्षकाे टिकट दिँदा गिमायाले उपाध्यक्षकाे टिकट पाएकी थिइन् ।

गिमाया अध्यक्षमा बढुवा भएपछि उपाध्यक्षकाे टिकट नारायण श्रेष्ठले पाएका छन् । अहिले उनीहरु दुवै जनाले मनाेनयन दर्ता गरिसकेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया