पोखराकाे मेयरमा कांग्रेसका तिवारीले पनि दिए वागी उम्मेदवारी

समाधान संवाददाता २०७९ वैशाख १२ गते १७:५५

समाधान संवाददता
पोखरा ।
नेपाली कांग्रेसका नेता नन्दप्रसाद तिवारीले पोखरा महानगरपालिकाको मेयरमा वागी उम्मेदवारी दिएका छन् ।

पूर्व नेपाली कांग्रेस कास्की सचिव तिवारीले गठबन्धन तर्फबाट एकीकृत समाजवादीलाई पोखराको मेयरमा टिकट दिएको भन्दै विरोध स्वरुप उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि कांग्रेसकै नेता विमलबहादुर कार्की र सोमबार ऋषि सापकोटाले पनि मेयरमा उम्मेदवारी दिएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया