गठबन्धनको विरोध गर्दै पोखराको मेयरमा कांग्रेसका ३ जनाको वागी उम्मेदवारी

सञ्जय रानाभाट २०७९ वैशाख १२ गते १९:२०

पोखरा ।
पोखरामा गठबन्धनको विरोध गर्दै ३ जना नेपाली कांग्रेसका नेताले मेयरमा वागी उम्मेदवारी दिएका छन् । तीनै जनाले कांग्रेसका मतदातालाई अन्य पार्टीलाई भोट दिन बाध्य पारेको विरोधमा आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् ।


कांग्रेसका नन्द तिवारी, ऋषि सापकोटा र विमल कार्कीले मेयरमा वागी उम्मेदवारी दिएका हुन् । उनीहरुले गठबन्धनको विरुद्ध आफूहरुको उम्मेदवारी परेको बताएका छन् । ‘कांग्रेसले आफ्नो मूल्य–मान्यता, सिद्धान्त विपरीत कार्यकर्तालाई भोट दिन लगायो। यसैको विरोध स्वरूप मेरो उम्मेदवारी हो,’ सापकोटाले भने ।

तिवारी पूर्व नेपाली कांग्रेस कास्की सचिव हुन् । सापकोटा कांग्रेस कास्कीका पूर्व कोषाध्यक्ष हुन् भने कार्की कांग्रेस पोखरा महानगर कार्यसमितिका पूर्व सभापति हुन् ।

Advertisement


सत्तारूढ गठबन्धनमा भएको सहमति अनुसार, पोखराको मेयरमा नेकपा (एकीकृत समाजवादी) का नेता धनराज आचार्यलाई उम्मेदवार छन् भने उपमेयरमा कांग्रेसकी प्रदेश महामन्त्री कोपिला रानाभाटको उम्मेदवारी दर्ता परेको हो ।

Advertisement

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया