कास्कीको मादीमा कांग्रेसबाट अध्यक्ष र माओवादीबाट उपाध्यक्षमा उम्मेदवारी

समाधान संवाददाता २०७९ वैशाख १२ गते २२:२१

कास्कीको मादी गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा देवीजंग गुरुङले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा कांग्रेसको उम्मेदवारी परेन । माओवादीका लालबहादुर गुरुङले उपाध्यक्षमा उम्मेदवारी हालेका छन् । कांग्रेस र माओवादीले मादीमा गठबन्धन गरेका हुन् ।

एमालेबाट शिवबहादुर गुरुङ (महेन्द्र) अध्यक्ष र कल्पना गुरुङ उपाध्यक्षकी उम्मेदवार भएकी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया