आचारसंहिता नमाने उम्मेदवारी रद्दसमेत हुन सक्छः पराजुली

हुमनाथ पराजुली, प्रदेश निर्वाचन अधिकारी
सामान्य खालको उल्लंघनमा सचेत गराउँछौं । अल्ली गम्भीर उल्लघंन भए आयागले स्पष्टिकरण सोध्छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि देश दोस्रो पटक स्थानीय तहको चुनावको संघारमा छ । देशका ७ सय ५३ स्थानीय तहमा एकै पटक जनप्रतिनिधि चुन्न वैशाख ३० मा मतदान हुँदै छ । गण्डकी प्रदेशका ११ जिल्लामा पनि चुनावको तयारी तीव्र गतिमा भइरहेको छ । गण्डकीका ८५ स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य यो निर्वाचनबाट चुनिने छन् । चुनावको तयारीबारे प्रदेश निर्वाचन कार्यालय गण्डकीका प्रमुख प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छः
निर्वाचनको तयारी कस्तो छ ?
निर्वाचन नजिकिँदै गर्दा धेरै जसो तयारी उत्तराद्र्धमा छ । प्रक्रिया धेरै अघि बढिसकेको छ । निर्वाचन घोषणा हुनुभन्दा धेरै अघिदेखि तयारी सुरु गरेका हौं । मतदान केन्द्र टुंग्याउने, मतदाता नामावली संकलन गर्ने, जनशक्ति व्यवस्थापन गर्ने, निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारको मनोनयन दर्ता भइसकेको छ । मतपत्र छापिसक्यौं । अबचाहिँ मतदान अधिकृत छनोट गरेर तालिम दिने प्रक्रियामा प्रवेश गरेका छौं ।
निर्वाचन आचारसंहिता कसरी पालना भएको छ ?
निर्वाचन आचारसंहिता भनेका ठ्याक्कै ऐन, कानुन नभएर नैतिक आचरण व्यवस्थित गर्ने, अनुशासनमा राख्ने नैतिक बन्धन हो । यो निर्माण गर्दा समग्र सरोकारवाला पक्षको राय, सल्लाह, सुझाव लिएर समन्वयन गरेर उहाँहरुलाई समावेश गरेर, उहाँहरुको सहकार्यमा निर्माण गरिएको हो । सो अनुशासन पालना गर्ने क्रममा हाम्रो ठाउँमा अहिलेसम्म राम्रो स्थिति देखिएको छ । उजुरी परेको छैन ।
कार्यालयले अनुगमन कत्तिको गरेको छ ?
निर्वाचनमा आचारसंहिता पालना भए÷नभएको विषयमा अनुगमन गर्नका लागि हाम्रो जिल्ला स्तर वा केन्द्र स्तरमा संयन्त्र छ । केन्द्रमा एक जनाको संयोजकत्वमा केन्द्रीय अनुगमन समिति छ । प्रदेश र जिल्लामा जिल्ला निर्वाचन र प्रदेश निर्वाचनको कार्यालयबाट अनुगमन समिति छ । त्यसैगरी निर्वाचन अधिकृतको कार्यालयमा सम्बन्धित अधिकृतको संयोजकत्वमा अनुगमन संयन्त्र छ ।
आचारसंहिता पालना भएन भन्ने उजुरी परेको छ कि छैन ?
औपचारिक रुपमा अहिलेसम्म आएको छैन । कतिपय अवस्थामा मनोनयन दर्ता गर्न जादाँ अथवा अन्य कुनै शिलशिलामा चाहिँ केही ठूला ब्यानर, झण्डा प्रयोग गरे भनेर गुनासा आएका छन् । हामीले खासगरी राजनीतिक दलसँग उम्मेदवारीको अन्तिम नामावली निस्किसकेपछि चुनावको प्रचारप्रसारको बेला अली बढी उल्लंघनका घट्ना हुने अनुमान गरेका छौं ।
निष्पक्षा निर्वाचनका लागि सुरक्षा व्यवस्था कसरी मिलाइएको छ ?
आजका दिनसम्म सुरक्षाको हिसाबले धेरै संवेदनशील चुनौती प्रत्यक्ष रुपमा देखेका छैनौं यद्यपि प्रमुख जिल्ला संयोजकत्वमा जिल्ला सुरक्षा व्यवस्थापन समिति छ । निर्वाचन सुरक्षा निकायसँग हामी दैनिक रुपमा अपडेट गरिराखेका छौं । सुरक्षा व्यवस्थापनमा केही संख्यामा म्यादी प्रहरी पनि तयारी भइसकेका छन् । कुन मतदान केन्द्रमा कति जना खटाउने भनेर सुरक्षा संयन्त्रणले रणनीति बनाएरअगाडि बढेको छ ।
मतदान केन्द्र कति छन् रु कसरी मतदान केन्द्र तोकियो ?
कास्की जिल्लाको हकमा र देशव्यापी रुपमा निर्वाचन आयोगको आफ्नै भौतिक संरचना छैन । मतदान गराउनको लागि हामी सार्वजनिक सरकारी भवन प्रयोग गछौं । खासगरी विद्यालय, कुनै वडा कार्यालय अथवा अन्य सार्वजनिक निकायका भवन प्रयोेग गछौं । कास्की जिल्लामा १ सय ५० वटा मतदान स्थल र ३ सय ३६ वटा मतदान केन्द्र छन् ।
मतदान केन्द्रका लागि कर्मचारी कसरी व्यवस्थापन गरिएको छ ?
मतदान केन्द्रमा खटिने कर्मचारी र जनशक्ति व्यवस्थापनको विषयमा प्रदेश निर्वाचन कार्यालय र मुख्य निर्वाचन कार्यालयको अधिकृतबीच समन्वयन गरेर र हाम्रो जिल्ला प्रशासन कार्यालयसँग समन्वयन गरेर प्रमुख जिल्ला अधिकृतको संयोकत्वमा समिति बनाइएको हुन्छ । निर्वाचनमा खटिने कर्मचारी जनशक्तिको विवरण संकलन गरी मुख्य निर्वाचन अधिकृतलाई पठाउछौं । त्यहाँबाट व्यवस्थापनको अन्तिम निर्णय हुन्छ । हामीले त्यो विवरण निर्वाचन केन्द्रलाई हस्तान्तरण गरिसकेका छौं ।
मतगणना कसरी व्यवस्थित बनाउने सोच्नु भएको छ ?
अहिले हामी मतगणनाभन्दा अघिको तयारीमै छौं किनभने यो निर्वाचन भइसकेपछिको विषय हो । तर पनि हामीले तयारी भने गरिसकेका छौं । मनोनयन दर्ताको लागि २ दिन समय दिएका थियौं, कतिपय दलले अन्तिम दिनको अन्तिम समयमा उम्मेदवार टुंग्याउदा एकदम प्रेसर आयो । हामीले भिडभाड हुन्छ भन्ने सोचेर नै राजनीतिक दलसँग सल्लाह गरेर सरोकारवाला पक्ष, सर्वददीय बैठक राखेर भिडभाड नहोस् भनेर अनुकूल समयमा आउनका लागि छलफल गरेका थियौं । उहाँहरु सहमत पनि हुनुभएको थियो तर पनि उहाँहरुको बाध्यता होला अन्तिम समयमा आएरमात्रै उम्मेदवार टुंगिदा साथमा समर्थक प्रस्तावक आउँदा निर्वाचन कार्यालयमा भीडभाड धेरै थियो । त्यसलाई हामी आगामी दिनमा सुधार गर्नेछौं ।
निर्वाचन सफल पार्न राजनीतिक दलको साथ कत्तिको मिलेको छ ?
प्रदेशभरि विशेषगरी कास्की जिल्लामा राजनीतिक दलमात्र नभएर आम सरोकारवालाबाट पनि धेरै सहयोग पाएका छौं । सर्वदलीय सर्वपक्षीयसँग निर्णायक तहमै पदाधिकारी बोलाएर बैठक आयोजना गरेका थियौं । निर्णय कार्यान्वयन गर्ने हजुरहरुले नै हो भनेर खबर गरेका थियौं । सञ्चार माध्यमबाट पनि हामीले धेरै साथ, सहयोग पाएका छौं । निर्वाचन आयागकै तर्फबाट विशेष सूचना पनि प्रचारप्रसार गर्न लगाएका छौं । नागरिक समाजले पनि आचारसंहिता पालनका कुरा हामीलाई जानकारी गराइरहनु भएको छ । पर्यवेक्षकले पनि धेरै सहयोग गर्नुभएको छ । उत्साहजनक रुपमा हाम्रो कार्यक्रममा सहभागी भइदिनु भएको छ, यो हाम्रो लागि ठूलो कुरा हो ।
आचारसंहिता नमाने कस्तो कारवाही हुन्छ ?
सामान्य खालको उल्लंघमा हामी सचेत गराउँछौं, गल्ती नदोहोर्याउन भन्छौं । तपाइले गल्ती गर्दा गाह्रो पर्न सक्छ, यो हामी सबैको साझा सरोकारको विषय हो भनेर सम्झाउँछौं । अल्ली गम्भीर उल्लघंन भए आयागले नै स्पष्टिकरण सोध्छ । उच्च पदस्थ पार्टीका सदस्यलाई पनि स्पष्टिकरण सोधेका समाचार सञ्चार माध्यममा आएका छन् । निर्वाचनमा आचारसंहितामात्र नभएर पालना गर्नुपर्ने अनुशासन गम्भीर उल्लघंन भएको अवस्थामा निर्वाचन ऐन बमोजिम कारवाही हुन्छ । उम्मेदवारी रद्दसमेत हुन सक्छ ।
मतदाता शिक्षा कसरी दिइरहनुभएको छ ?
निर्वाचन आयोगको अपेक्षा हो शतप्रतिशत नै मत खसोस्, स्वच्छ निष्पक्ष रुपमा निर्वाचन सञ्चालन होस् । सक्दो धेरै मतदान होस्, सक्दो धेरै सहभागी हुन्, सक्दो राम्रो परिमाण आओस्, सक्दो राम्रा उम्मेदवार निर्वाचित हुने अवसर सिर्जना होस् । यसका पनि आआफ्नै सिमा छ । कति मतदाता देशबाहिर हुनुहुन्छ कति जना स्थान बाहिर भएका कारणले मतदान केन्द्रसम्म पुग्न सम्भव छैन । मतदान गरे पनि कति मतपत्र बदर हुन्छन्, त्यस अवस्थामा जति परिमाण आउनु पर्ने हो त्यति आउँदैन ।
निर्वाचनका लागि मतदान स्थलसम्म गएर मतदान गर्ने वातावरण बनाउनलाई मतदाता शिक्षाले भूमिका खेल्छ । हामीले सञ्चार माध्यमबाट विभिन्न सूचना प्रचारप्रसार गरेका छौं, निर्वाचनको मुख्य सरोकारवाला भनेका राजनीतिक दल हुन् । उहाँहरुलाई पनि आफ्ना मतदातालाई सुसूचित गर्नका लागि उत्प्रेरित गरेका छौं । कसरी मतदान गर्ने भनेर दलको तर्फबाट उहाँहरुले सुसूचित गर्न सक्नुहुन्छ । नागरिक समाज, गैरसरकारी संस्थाले पनि चासो राख्नुभएको छ ।
आम मतदातालाई के भन्नुहुन्छ ?
निर्वाचन एउटा राष्ट्रिय महाअभियान हो । समग्र सरोकारवालाको समन्वयन, सहकार्य, सहयोग र सहभागितामा सम्पन्न हुने पर्व हो । सबैले सहयोग गर्नुपर्यो सबै, सक्रिय भएर आआफ्नो ढंगबाट निर्वाचन आचारसंहिताको पालना गर्दै समग्र सरोकारवाला मिलेर निर्वाचनलाई सफल बनाऔं । यहाँहरुको सहयोग, शान्तिपूर्ण सहभागितामा यहाँहरुले मतदान गरेर लिने परिमाण नै हाम्रो सफलता हो ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया