स्याङ्जा दुर्घटना अपडेट: मृतक र घाइतेको पहिचान खुल्यो

स्याङ्जा l
स्याङ्जाको वालिङ १४ अर्खलबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाएका छन् । बिहान साढे दश बजेको समयमा वालिङ १४ को सिख्रेबाट तिवारीपसलतर्फ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जीप सडकबाट ५०० मिटर तल खस्दा जीपमा सवारमध्ये १४ जनाको मृत्यु भएको जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिएका छन् ।
उक्त दुर्घटनामा परी ज्यान गुमाउनेमा वालिङ १४ अर्खलबास बस्ने ६३ वर्षीया माया पुन, सोही ठाउँका ९ वर्षीय प्रवीण कुँवर, ५० वर्षीय कुलदीप कुँवर, ५० वर्षीया डेमकुमारी कुँवर, ८६ वर्षीया हरिकला कुँवर, ५० वर्षीया टेककला कुँवर, २५ वर्षीया जमुना कुँवर, ७० वर्षीया भीमकला कुँवर, ७० वर्षीया मुवाकुमारी कुँवर, ४३ वर्षीया पोटकुमारी कुँवर, ४३ वर्षीया जानुका कुँवर, ४२ वर्षीया ज्ञानदली कुँवर, ५० वर्षीया मीना कुँवर र वर्ष नखुलेकी फूलदेवी कुँवर छन्।
घाइते हुनेहरुमा वालिङ १४ पञ्चमुल अर्खलबास बस्ने वर्ष नखुेको बेलमाया कुँवर, सोही ठाउँका चालक भुलबहादुर कुँवर, गौमती थापा, ज्ञानमाया कुँवर, सरस्वती कुँवर, कविता कुँवर, अनिश कुँवर, कुशल कुँवर, ज्यामकली कुँवर, कौशल कुँवर, सीता कुँवर रहेका छन्।
उनीहरु सबैको अवस्था गम्भीर रहेको छ। सबैलाई वालिङस्थित गह्रौ प्राथमिक अस्पतालमा उपचारपछि थप उपचारकालागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ।








निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो
राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
१६औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङमा हुने
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया