ढोरपाटन प्रमुखमा एमाले विजयी

समाधान संवाददाता २०७९ जेठ ३ गते ११:०१

ढोरपाटन ।
बागलुङको ढोरपाटन नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका देव कुमार नेपाली पुनःविजयी भएका छन् । संयुक्त पाँच दलीय गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका चन्द्रलाल अर्याललाई ६ सय मतले पराजित गर्दै नेपाली दोस्रो कार्याकालको लागि नगरप्रमुखमा निर्वाचित भएका हुन् ।

नेपालीले ५ हजार ७३५ मत प्राप्त गर्दा अर्यालले ५ हजार १३५मत प्राप्त गरेका छन् । नगरपालिकाको उपमेयरमा पाँच दलिय गठबन्धन कांग्रेसका धनबहादुर कायत विजयी भएका छन् । कायतले ५ हजार ६५० मत प्राप्त गरेका छन् । उपमेयरमा राष्ट्रिय जनमोर्चा (विद्रोही समहु)का ताराकुमारी पुनले ४ हजार ४८४ मत प्राप्त गरेकी छन् । पुनले नेकपा एमालेको तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी हुन् ।

वडा नम्बर १ मा नेपाली काँग्रेसका बानबहादुर छन्त्याल, वडा नम्बर २ मा राष्ट्रिय जनमोर्चाका भेकबहादुर खत्री, वडा नम्बर ३ मा नेकपा एमालेका खिमबहादुर सुनार, वडा नम्बर ४ मा नेकपा एमालेका तिलक पुन, वडा नम्बर ५ मा नेकपा एमालेका दिपेन्द्र पुन, वडा नम्बर ६ मा नेकपा एमालेका उमेश कुमार बुढा मगर, वडा नम्बर ७ मा राष्ट्रिय जनमोर्चाका धनबहादुर अदै, वडा नम्बर ८ मा माओवादी केन्द्रका भद्रमणी सुनार र वडा नम्बर ९ मा नेकपा एमालेका खीमबहादुर घर्ती मगर विजयी भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया