बागलुङ नगरपालिका मेयरमा काँग्रेसका श्रेष्ठ, उपमेयरमा माओवादीका खड्का

समाधान संवाददाता २०७९ जेठ ४ गते १०:१९

बागलुङ ।
बागलुङ नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका बसन्तकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले १४ हजार ६०८ मत प्राप्त गरे ।

उनका प्रतिद्वन्दी नेकपा एमाले राप्रपाका उम्मेदवार तथा निर्वतमान मेयर जनकार पौडेलले ८ हजार ८२१ मत प्राप्त गरे ।

नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रका राजु खड्का निर्वाचित भएका छन् । खड्काले १२ हजार ४२७ मत प्राप्त गर्दा एमाले राप्रपाका उम्मेदवार राप्रपाका सञ्जय खड्काले ८ हजार ६५ मत प्राप्त गरे ।

Advertisement

तपाईको प्रतिक्रिया