भारतीय डेप्युटी चिफ मुस्ताङमा

समाधान संवाददाता २०७९ जेठ ११ गते २०:०२

जोमसोम–

नेपालका लागि भारतीय डेप्युटी चिफ अफ मिसन प्रमुख नाम्ग्या छोडेन खाम्पा बुधबार साँझ मुस्ताङ आएकी छिन् ।उनीसहित ८ जनाको परिवारिक सदस्य र ४ जना अफिसियल कर्मचारी मुस्ताङ आएको जिल्ला समन्वय समिति मुस्ताङले जानकारी दिएको छ ।
भारतीय डेप्युटी चिफ अफ मिसन खाम्पा काठमान्डौबाट पोखरा हुदै बेनी –जोमसोम सडकको यात्रा गर्दै मुस्ताङको जोमसोम आईपुगेकी हुन् ।भारतीय दुताबासको टोली आज मुस्ताङको जोमसोम स्थित होटल मोक्षमा बस्ने जनाईएको छ ।यसअघि सोमबार नेपालका लागि अमेरिकी राजदुत ¥यान्डी डब्लु बेरी पनि मुस्ताङ आईपुगेका थिए । अमेरिकी दुताबासको टोली उपल्लो मुस्ताङ प्रस्थान गरिसकेको छ ।
भारतीय डेप्युटी चिफ अफ मिसन प्रमुख नाम्ग्या छोडेन खाम्पालेले भोली बिहिबार मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ ।सोही क्रममा उनले मुक्तिनाथमा भारतीय राजदुताबासबाट ५ वर्षअघि निर्माण भएको पर्यटक लक्षित प्रयोग विहिन धर्मशालाको निरीक्षण तथा अवलोकन गर्ने भएकी छिन् ।
मुस्ताङमा भारतीय राजदुताबासको आर्र्थिक सहयोगमा निर्माण गरिएको उपल्लो मुस्ताङको लोमान्थाङ–३ स्थित नाम्ग्याल गुम्बा स्कुलको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । सो अवसरमा भारतीयत डेपुटी चिफ अफ मिसन नाम्ग्या छोडेन खाम्पाले उक्त विद्यालयलाई उपलब्ध गराईने स्कुल बस र मुस्ताङको घरपझोङ गाउँपालिकालाई प्रदान गरिने एम्बुलेन्स हस्तान्तरण गरिने कार्यक्रम रहेको निमित्त जिल्ला समन्वय अधिकारी शिवकुमार पौडेलले बताए ।
परिवारसहित ५ दिने मुस्ताङ भ्रमणमा आउनु भएकी नाम्ग्या छोडेनको मुक्तिनाथ दर्शनपछि जोमसोममा बस्ने र अरु अफिसियलसहित नाम्ग्या उपल्लो मुस्ताङ जानेछिन् । गुम्बा बिद्यालयलाई सहयोग हस्तान्तरण गर्ने क्रममा डेपुटी चिफ अफ मिसन नाम्ग्या छोडेन २ दिन लोमान्थाङमा बस्नेछिन् । लोमान्थाङमा उनले २ दिन त्यहाँको रमणीय दृष्य अवलोकन गर्ने कार्यक्रम रहेको उनले बताए ।
उपल्लो मुस्ताङको ऐतिहाँसिक तथा सास्कृतिक पर्व तिजी जेठ १३,१४ र १५ गते सुरु हुदैछ । कोरोना कहरका कारण प्रभावित बनेको उपल्लो मुस्ताङको सास्कृतिक पर्व तिजी यसपटक भव्यताका साथ सुरु हुने जनाईएको छ ।सन् २०१९ मा मुस्ताङ आएका अमेरिकी राजदुत बेरी झोङ गुम्बा जीर्णोद्धार उद्घाटन गर्ने प्रयोजनमा मुस्ताङ आएका हुन् ।
यसपटक चिनको स्वशासितक्षेत्र तिब्बतसंग सीमाना जोडिएको लोमान्थाङ गाउँपालिकाको लोमान्थाङमा अ‍ेमरिकी र भारतीय अधिकारी मुस्ताङ आउने संयोग परेको छ । उपल्लो मुस्ताङमा भारतीय र अमेरिकी दुताबासले विभिन्न क्षेत्रमा आर्थिक लगानी गर्दैआर्ईरहेको छ ।
नेपालको संसदबाट मिलिनियम च्यालेञ्ज कर्पोरेसन ( एमसीसी )पास भएपछि भारतीय र अमेरिकी अधिकारीको मुस्ताङ भ्रमणले कुनै न कुनै रुपमा कटनितिक अर्थ लाग्न सक्ने स्थानीय जानकारहरु बताउँछन् ।

Advertisement

तपाईको प्रतिक्रिया