बतासले ३ महिनाभित्र अक्सिजन प्लान्ट ल्याउने

समाधान संवाददाता २०७९ जेठ १२ गते १७:४९

पोखरा ।
बतास फाउन्डेसनले कोभिड १९ को महामारीका बेला ल्याउने भनेको अक्सिजन प्लान्ट ३ महिनाभित्र नेपाल भित्रने फाउन्डेसनले जनाएको छ ।


फाउन्डेसनले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न प्रतिकुल परिस्थितिका कारण अक्सिजन प्लान्ट यसअघि आउन नसकेको उल्लेख गरेको छ । फाउन्डेसनले प्लान्ट आगामी ३ महिनाभित्र नेपाल भित्रन गरी प्रक्रिया अगाडि बढेको बताएको हो ।


‘प्रतिकुल परिस्थितिका कारण हाम्रो मेहनत, प्रयास, अपेक्षा र योजना अनुसार काम अघि बढ्न सकेन, अब अनुमानित ३ महिनाभित्र नेपाल भिœयाइसक्ने गरी योजना अघि बढिरहेको जानकारी गराउन चाहन्छौँ,’ उक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Advertisement


कोरोना महामारीको समयमा पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने गरी बतास फाउन्डेनल ‘१०० रुपैयाँ दान, महामारीमा प्राण’ भन्ने नारासहित सहयोग संकलन अभियान सञ्चालन गरेको थियो ।

उक्त अभियानबाट १ करोड ६५ लाख ४ हजार ४२ रुपैयाँ संकलन भएको थियो । बतास फाउन्डेसन र बतास अर्गनाइजेसनका कम्पनीबाट ५५ लाख, सेल्वेज डिर्पाटमेन्टल स्टोर प्रालि, अटोवेज प्रालि, केसी ग्रुप, सुपर मादी हाइद्रो प्रालि, क्वालिटी एग्रीग्रेट माइनिङ प्रालि, अग्नि इन्कर्पोरेसन प्रालिबाट १ करोड २५ लाख रुपैयाँ गरी ३ करोड ४५ लाख १७ हजार ५५५ रुपैयाँ संकलन भएको बतास फाउन्डेसनले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया