५ दशक लामो राजनीतिक यात्रा

खगराज अधिकारी: माध्यमिक विद्यालयको स्ववियू सभापतिदेखि गण्डकीको मुख्यमन्त्रीसम्म

संजय रानाभाट २०८० चैत २६ गते १६:१०

पोखरा ।
नेकपा एमाले स्थायी कमिटी सदस्य एवं सहकारी विभाग प्रमुख खगराज अधिकारी दाेश्रो पटक गण्डेकी प्रदेकाे मुख्यमन्त्री नियुक्त भएका छन् । संघीय सरकारको गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालय समेत चलाइसकेका अधिकारी ६ प्रदेशका मुख्यमन्त्रीहरुकाे तुलनामा प्रभावशाली र हेवीवेट मुख्यमन्त्री हुन् ।

कास्की क्षेत्र नम्बर १ (क) बाट गण्डकी प्रदेशसभा निर्बाचन लडेका अधिकारीले माओवादी केन्द्रबाट उम्मेदवार बनेका दीपक कोइरालासँगको फराकिलो मतान्तरले अधिकारी प्रदेशसभामा निर्वाचित भएका हुन् ।

अधिकारी केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री भइसकेका छन् । विगठित सांसदको तत्कालीन समयमा अधिकारीले १३ दिन गृहमन्त्री बन्ने अवसर पाए । त्यो भन्दा अगाडि अधिकारी ०७१ सालमा सुशील कोइराला प्रधानमन्त्री हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्री भइसकेका छन् । स्वास्थ्य मन्त्री हुँदा स्वास्थ्य बिमाको सुरुवात गरेर अधिकारी आम नागरिकको पक्षमा उल्लेखनीय काम गरेको चर्चा छ ।

Advertisement

प्रतिनिधिसभामा दुई पल्ट निर्वाचित भएर मन्त्री भइसकेको अधिकारी ०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट चुनाव जितेका थिए । उनले कांग्रेसका यज्ञबहादुर थापालाई हराएका थिए ।

अधिकारी एमालेका अध्यक्ष ओलीका विश्वास पात्र हुन् । ०५१ र ७४ सालमा प्रतिनिधि सभा संसदमा निर्वाचित भइसकेका अधिकारी २०५१ सालमा कांग्रेसका तत्कालीन महामन्त्री तारानाथ रानाभाटलाई नै पराजित गरेर देशैभर चर्चित बनेका थिए । ०५१ सालबाट सांसद यात्रा सुरु गरेको अधिकारी तत्कालीन संसदीय दलका नेता मनमोहन अधिकारीले सचेतक नियुक्त भएका थिए ।

Advertisement

एमाले महाधिवेशनपछि अधिकारीले संगठन विभाग प्रमुखको जिम्मेवारी पाएका थिए । एमालेका अध्यक्ष ओलीसँग पञ्चायतका बेलासँगै जेल बसेका अधिकारी २०२९ सालदेखि राजनीतिमा होमिएका हुन् । यति बेला स्थानीय आनन्द ज्योति माविको स्ववियु सभापति थिए । ०२९ सालबाटै अधिकारी सक्रिय राजनितिमा होमिए ।

विद्यार्थी राजनितिबाट २०३७ सालमा केन्द्रीय स्ववियु सदस्य भएका उनी २०४०÷४१ मा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति बने । अधिकारी अनेरास्ववियुको केन्द्रीय समिटीको उपाध्यक्ष, एमाले कास्कीको सचिव हुँदै जिल्ला कमिटीको अध्यक्ष भए । अधिकारीले केन्द्रीय विभागमा अनुशासन निरीक्षण, वैकल्पिक पोलिटब्युरो सदस्य हुँदै गण्डकी संयोजक भएर काम गरेका हुन् ।

२०७९ पुष २५ गते पहिलो पटक गण्डकीको मुख्यमन्त्री बनेका अधिकारीलाई करिब साँढे ३ महिना मै कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले प्रतिस्थापन गरेका थिए । पाण्डेले यसै सालको बैशाख १५ गते मुख्यमन्त्री बनेका थिए । तिनै पाण्डेलाई हटाएर अधिकारीले दोश्रो पटक गण्डकी सरकारको बागडोर सम्हालेका छन् ।

तपाईको प्रतिक्रिया