
जोमसोम–
आईतबार मुस्ताङको आकाशमा सम्पर्क विहिन अवस्थामा रहेको तारा एअरको ९ एनईटी जहाजमा सवार सबै यात्रुको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।
मुस्ताङको थासाङ गाउँपालिका–२ को उच्चलेक सानोसरेमा तारा एअरको जहाज क्षतविक्षत रुपमा फेला परेपछि जहाजमा यात्रा गर्ने १९ यात्रुसहित चालक दलका ३ जना सदस्यको मृत्यु भएको आशंका गरिएको छ ।जहाज खोज्न मानापाथी लेंक पुगेका थासाङका स्थानीय युवा सुमित गौचनले जहाजको अवस्था हेर्दा सबै यात्रुको मृत्यु भएको हुनसक्ने अनुमान गरे । तर यसको पूर्ण जानकारी लिई पुष्टि गर्न तत्काल नसकिने जानकारी दिए ।जहाज थासाङको सानोसरे पहाडमा ठोक्किएर दुर्घटना भएको जहाजको तस्विरसहितको विवरणले झल्काएको छ । जहाजमा सवार यात्रुहरुको लकेज र अन्य सामानहरु समेत पहाडको चारैतिर छरपष्ट छरिएको देखिन्छ ।दुर्घटना ग्रस्त जहाजको घटना स्थलको प्रकृति हेर्दा केही यात्रुको लाश समेत सार्वजनिक भएको तस्विरमा देखिन्छ ।
थासाङ–२ नाउरिकोटका स्थानीय गिरिसिंह शेरचनले घटना स्थल सानोसरे पहाडमा गिद्धहरु घुमिरहेको जानकारी दिए । उनले गिद्धहरु सानो सरेपहाडमा घुमिरहेकाले जहाजमा सवार यात्रुहरुको मृत्यु भएको हुनसक्ने अनुमान गरे । जहाजमा सवार यात्रुको पछिल्लो अवस्था बुझ्न जोमसोमबाट फिस्टेल एअरको माउन्टेन हेली दुर्घटनाग्रष्तक्षेत्रमा पुगिसकेको मुस्ताङका प्रजिअ नेत्रप्रसाद शर्माले जानकारी दिए । फिस्टेलको जहाज र्फिर्कएपछि सवै विवरण प्राप्त हुने प्रजिअ शर्माले उल्लेख गरे ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्






जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया