एयर होस्टेज कृस्मी थापाकी आमाको क्रन्दन: मेरी छोरी भएको ठाउँमा लैजाऊ

श्याम रानामगर २०७९ जेठ १६ गते १४:३५

पोखरा ।
पोखराबाट जोमसोमका लागि उडेको जहाज आइतबार बेपत्ता भयो । दिनैभरि खोज्दा पनि फेला नपरेपछि सुरक्षाकर्मी रित्तो हात फर्किन बाध्य भए ।

तारा एअरको नाइन एन एइटी जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिकाको कोबाङमाति सानोसरेमा क्षतविच्छेद अवस्थामा भेटियो। अहिले सुरक्षाकर्मीले शव खोजि रहेको छ । विमानमा सवार चालक दलका ३ सहित २२ जनामध्ये १४ को शव भेटिएको छ। बाँकीको खोजी भइरहेको छ ।

सोमबार अपरान्ह पोखरा विमानस्थलमा एअरहोस्टेज कृष्मी थापाकी आमाका आर्तनादले थर्कमान भयो । अहिले पोखरा विमानस्थलमा उनकी आमा सहित आफन्त जम्मा भएका छन् । आफ्नी छोरी भएको ठाउँमा लैजाऊ भन्दै उनले विलौना गरिरहेकी छिन् ।

Advertisement

तस्बिरहरूः

Advertisement

श्याम रानामगर

मगर पोखरामा क्रियाशील पत्रकार हुन्

तपाईको प्रतिक्रिया