जनहित स्कुललाई ‘सीएलईसी’ ल्याव हस्तान्तरण

जोमसोम–
नमूना विद्यालयमा सुचिकृत मुस्ताङको घरपझोङ गाउँपालिका स्थित जनहित स्कुललाई २१ लाख बराबरको कम्प्युटर लर्निङ ईन्फरमेसन सेन्टर कार्यक्रम अन्तर्गत ‘सीएलईसी’ ल्याव सामग्री हस्तान्तरण गरिएको छ । डिजिटल फो नेपालका प्रतिनिधि प्रकाश श्रेष्ठ र नितेस प्रर्साईले विद्यालयका अध्यक्ष जयन्द्रलाल थकालीलाई उक्त सामाग्री एक कार्यक्रमकाबीच सोमबार हस्तान्तरण गरिएको हो ।
जनहित स्कुललाई प्रदान गरिएको सीएलईसी ल्यावको कुल लागत मध्ये डिजिटल फोले १० लाख ५० हजार आर्थिक सहयोग गरेको हो ।ल्यावका लागि साना फाउन्डेसन न्यूयोर्क अमेरिकाका संस्थापक नविन शेरचनले ७ लाख ,जनहित स्कुलले २ लाख र जनहित स्कुल भूतपूर्व विद्यार्थी संघले १ लाख ५० हजार आर्थिक सहयोग साझेदारीमा विद्यालयमा ल्याव संञ्चालन भएको जनहित स्कुलका अध्यक्ष जयन्द्रलाल थकालीले जानकारी दिए । उनले स्कुललाई सहयोग गर्ने सबै निकायप्रति धन्यवाद व्यक्त गरे ।
डिजिटल फो नेपाल र साना फाउन्डेसन अमेरिकाको मुख्य लगानीमा जनहित स्कुललाई १६ थान एससीडि मनिटर,८ थान सिपियु,४ थान कम्यूटर डेस्क,१६ थान आम चियर,१ थान स्टेज पोडियम,५५ ईञ्चको एसईडी टिभि,१ थान ल्यापटप र १ थान रिमोट कन्ट्रोल भिडियो कन्फेन्सन क्यामेरा लगायतका सामग्री स्कुललाई हस्तान्तरण गरिएको डिजिटल ब्रिज फो नेपालका संस्थापक अध्यक्ष झविन्द्र कुमार सुवेदीले जानकारी दिए ।उनले संस्थाको साझेदारी सहयोगमा संञ्चालन हुने सीएलईसी ल्यावको उच्चतम् उपयोग हुने अपेक्षा गरे ।
यस्तै,जनहित स्कुललाई टेक माईन्डस् मुस्ताङ शाखाका मार्केटिङ प्रतिनिधि विकल शेरचनले हाई स्पीड १ वर्षका लागि निशुल्क उपलब्ध गराएका थिए ।
नेपालका विभिन्न दुर्गम ठाउँहरुमा आधुनिक कम्यूटर शिक्षाका लागि उच्चतम् प्रविधि उपयोग गरी विद्यालयका शिक्षक र विद्यार्थीको प्रविधियुक्त क्षमता विकास गर्ने उद्देश्यले जनहित स्कुललाई सीएलईसी ल्याव हस्तान्तरण गरिएको डिजिटल फो नेपालका संस्थापक अमेरिकन नागरिक एडमौनट एन्टोनीले जानकारी दिए ।
उनले डिजिटल फोको उत्कृष्ठ ल्यावको रुपमा रहेको कम्प्यूटर लगायतका सामग्रीले शिक्षक र विद्यार्थीको शिक्षण सिकाई अध्यासमा टेवा पू¥याउने विश्वास व्यक्त गरे ।
जनहित स्कुलको सीएसईसी ल्यावकोा घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले उद्घाटन गरे ।सो अवसरमा अध्यक्ष लालचनले जनहित स्कुललाई उपलब्ध गराईएको सीएलईसी ल्यावले विद्यार्थीको प्रविधि क्षमतामा विकास हुने उल्लेख गरे ।
उनले आफु यही स्कुलमा पढ्दा यसप्रकारको प्रविधियुक्त सुविधा हुने अवस्था नरहेको र अहिलेको बदलिदो कम्प्यूटर युगमा नया प्रविधिले उच्चतम् फाईदा पू¥याउने बताए ।
तपाईको प्रतिक्रिया