गण्डकीलाई सबैभन्दा कम बजेट

रिखिराम जिसी २०७९ जेठ २० गते १०:३१

रिखिराम जिसी ।
पोखरा ।
संघीय सरकारले आगामी आर्थिक वर्ष २०७९-८० का लागि गण्डकी प्रदेशलाई १६ अर्ब ५४ करोड ३२ लाख रुपैयाँ बजेट विजियोजन गरेको छ । जुन अन्य प्रदेशको तुलनामा सबैभन्दा कम हो । सबैभन्दा धेरै बागमती प्रदेशलाई २० अर्ब ३२ करोड ६६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

गण्डकी प्रदेशका ११ जिल्लाका लागि केन्द्रबाट अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत सो रकम बापतको बजेट आएको हो । अघिल्लो आर्थिक वर्षमा प्रदेशलाई १३ अर्ब २ करोड ९७ लाख रुपैयाँ विनियोजन गरिएको थियो । गण्डकीलाई समानीकरण अनुदानतर्फ ७ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ बजेट परेको छ । यस्तै ससर्त अनुदान ६ अर्ब ९१ करोड ८३ लाख, विशेष अनुदान ८६ करोड, समपुरक अनुदान ८३ करोड ७० लाख रुपैयाँ आएको छ । समपुरक अनुदान अघिल्लो आर्थिक वर्षभन्दा ३ करोड ६६ लाख कम हो । अघिल्लो वर्ष पनि गण्डकी प्रदेशले ७ प्रदेशमा सबैभन्दा कम अनुदान पाएको थियो ।

प्रदेशमा गरिने वित्तीय हस्तान्तरण तर्फ समानीकरण अन्तर्गत न्यूनतम अनुदान सबै प्रदेशमा गरेर जम्मा १५ अर्ब ३५ करोड ८० लाख, सूत्रमा आधारित अनुदान ४३ अर्ब ७७ करोड ३ लाख र कार्यसम्पादनमा आधारित गरेर २ अर्ब ३० करोड ३८ लाख गरी जम्मा ६१ अर्ब ४३ करोड २१ लाख रुपैयाँ हस्तान्तरण भएको छ ।

Advertisement

ससर्ततर्फ ५७ अर्ब १६ करोड ८२ लाख हस्तान्तरण भएको छ जसमा १५ अर्ब ७२ करोड ३० लाख र पुँजीगत तर्फ ४१ अर्ब ४४ करोड ५२ लाख रुपैयाँ छ । यस्तै विशेष तर्फ सबै प्रदेशमा गरेर ४ अर्ब ५६ करोड ४३ लाख रुपैयाँ हस्तान्तरण भएको छ । समपुरक तर्फ ६ अर्ब २९ करोड ६० लाख रुपैयाँ हस्तान्तण भएको छ । प्रदेशमा गएको बजेट मध्ये ७७ अर्ब ९२ करोड १ लाख रुपैयाँ चालुगत र पुँजीगत तर्फ ५१ अर्ब ५४ करोड ५ लाख रुपैयाँ हस्तान्तरण भएको छ ।

Advertisement

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया